१३ कात्तिक, सप्तरी।
वरिष्ठ लेखक एवम् साहित्यकार खगेन्द्र सङ्ग्रौलाले मधेशको न्यायपूर्ण आन्दोलनलाई गोलीले दबाउने कार्य नरोकिए बाध्य भएर मधेश डा. सीके राउतको धारमा जानसक्ने संकेत गरेका छन् ।मधेशी मोर्चा सप्तरीद्वारा राजविराज स्थित सहीद दशन चौकमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।
मधेशी जनताले जारी राखेको शान्तिपूर्ण आन्दोलनमा राज्यपक्ष सम्बोधन गर्नुको साटो निहत्था जनताको टाउको र छातीमा गोली हानेर दबाउने प्रयास गरिरहेको प्रष्ट्याउँदै उनले भने ‘न्यायपूर्ण आन्दोलनलाई गोलीले दबाउने कार्य नरोकिए बाध्य भएर ‘मरता क्या नही करता’ भन्दै यसपछिको अवस्था डा. सीके राउतको विचारधारामा जानसक्ने सम्भावना बढेको छ भने। आफू सीके राउतको मागप्रति समर्थन नगरेको प्रष्ट्याउँदै २ सय ५० वर्षदेखिको राज्यसत्ताको व्यवहार र शैलीले यस्तो अवस्थाको सिर्जना गरेको लेखक सङ्ग्रौलाले बताए ।fBojaafi_400x400
मधेशमा यस्तो अवस्था किन सिर्जना भएको हो ? भन्ने विषयमा राज्यपक्ष हालसम्म गम्भीर बन्न नसकेको भन्दै यसपछिको भयावह अवस्थाले कसैको हित नगर्ने उनले बताए ।
मधेशमा विभेद उत्पीडनको श्रंखलालाई अन्त्य गरी समानताको हक मधेशले खोजिरहेको चर्चा गर्दै उनले भने ‘विभेदका स्वरहरुलाई खस शासकहरुले दबाएर आफ्नो शासन सत्ता कायम गर्न खोजिरहेको छ, यति लामो आन्दोलन भइरहेको छ तर राज्यले अझैं बेवास्ता गरिरहेको छ । तराई मधेशमा सदियौंदेखि बसोबास गर्दैआएका थारु र मधेशीहरु अत्यधिक पीडित रहँदैआएकोले त्यही विभेदका स्वरहरु यतिबेला मुखरित भएको उनले बताए ।
लामो समयसम्म शान्तिपूर्ण आन्दोलन नचल्ने भए पनि मधेश आन्दोलन सफल हुनुमा आममधेशी र थारु समुदायको भावना जोडिएको लेखक सङ्ग्रौलाले प्रष्ट्याए । देशमा संविधान जारी गरेर खस शासक प्रवृतीहरुले खुशीयाली मनाइरहँदा मधेशमा संविधान जलाइनुका साथै कालो दिवस मनाएको प्रसङ्ग कोट्याउँदै उनले भने ‘मधेशी, थारु, दलित, आदीवासी, जनजाती लगायतका समुदायको हक अधिकार वर्तमान संविधानले सम्बोधन नगरेपछि बाध्य आन्दोलन भएको हो ।’ जारी आन्दोलनलाई शासकवर्गले हेर्ने दृष्टिकोणबाटै काठमाण्डौका मिडियाहरु ग्रसित रहेको उनले बताए ।
आन्दोलन किन भएको हो ? यसबारे वास्तविक तथ्य कुरो नखोजी आन्दोलनलाई नै बदनाम गर्ने नियतले समाचार तथा सूचनाहरु सम्प्रेषण गरिरहेको उनले प्रष्ट्याए । ‘मधेशका आन्दोलनलाई बदनाम गर्ने नियतले समाचारहरु प्रकाशन प्रशारण भईरहेको छ’ लेखक सङ्ग्रौलाले भने ‘बौद्धिक समुदाय पनि चुप छन् भने मिडियाहरुले भ्रम छरिरहेको छ, मधेश आन्दोलन दिल्लीको आदेशमा भईरहेको भनेर दुष्प्रचार भइरहेको छ तर विभेद त दिल्लीले गरेको होइन नि ?
सभामा बोल्दै साहित्यकार एवम् लेखक युग पाठकले मधेश आन्दोलन विभेद विरुद्धको आन्दोलन भएको राज्यपक्षले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । मधेशमा विभेद विरुद्धको आन्दोलन रघुनाथ ठाकुर, रामराजा प्रसाद सिंह, गजेन्द्रनारायण सिंहजस्ता सपूतहरुले थालेको चर्चा गर्दै उनले भने ‘सप्तरी जिल्ला मधेश आन्दोलनको उद्गम भूमी हो, शोषित उत्पीडित एवम् विभेदमा पारिएका समुदायको माग तत्काल सम्बोधन गर्नुपर्दछ ।’ नयाँ नेपाल बनाउन चाहने आवाजहरुको सम्मान हुनुपर्नेमा जोड दिँदै विभेद एवम् उत्पीडन विरुद्ध आफूहरु कलम चलाउन पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सभामा लेखक रामरिझन तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, किसान मञ्चका महासचिव अमरकान्त झा, युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादव, राजनीतिकर्मी उमेश प्रसाद साह ‘कमाण्डौ’, नरेश यादव, विनोद कुमार मण्डल भूपेन्द्र यादव, तुफान मधेशी, पञ्चदेव यादव, रामकिसुन यादव, मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। श्रोत नेपाल हेडलाइन
काठमाडौँ, कात्तिक १३ । स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
व्यवस्थापिका–संसद् सचिवालय, नयाँ बानेश्वर पुगेर उनले आज विहान ११ः१५ मा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा सांसद निर्वाचित भएका मुसलमान विगतमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील थिए । मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थकमा जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल रहनु भएको छ । अखण्ड पार्टी हिन्दू धर्म र जनजागरण पार्टी क्रिस्चीयन धर्मको सिद्धान्तबाट प्रभावित पार्टी हुन् ।
उम्मेदवारी दर्ता गराएपछि उम्मेदवार मुसलमानले आफू विजयी भए राष्ट्रिय स्वाभिमानलाई सगरमाथा जस्तै अटल तुल्याउने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्र र राष्ट्रियता खतरामा परेको समयमा तराई—मधेसको एउटा प्रदेशमा पछाडि परेको जाती तथा समुदायबाट राज्यको महत्वपूर्ण निकायमा प्रतिनिधित्व हुने र तराईमा जारी आन्दोलनको पनि समाधान खोज्न सकिने विश्वास व्यक्त गरे ।
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले राष्ट्रपति र प्रधानमन्त्री पाएको, एकीकृत नेकपा (माओवादी) ले सभामुख समेत पाएको अवस्थामा आफू उपराष्ट्रपति पदमा विजयी भए संविधान कार्यान्वयन गर्न सहज हुने धारणा राखे ।
सङ्घीय गणतन्त्र नेपालको शिशु संविधानको सहज कार्यान्वयन गर्न तथा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि समेत सबै वर्ग तथा समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउनुपर्ने उम्मेदवार मुसलमानको कथन थियो ।
तपाई विजयी हुनुहुन्छ त ? भन्ने राससको उनले निर्वाचनमा विजय र पराजय भन्ने कुरा सामान्य भएकाले राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्न आफू प्रतिवद्ध रहेको तथा ठूला दलले उपयुक्त विकल्प दिए आफू वाधक समेत नहुने बताए ।

काठमाडौँ, १३ कात्तिक ।
भारत महाराष्ट्रका देवेन्द्र फडणवीसको सरकारले आज एक वर्ष पुरा गरेको छ । र यो एक वर्षको अवधिमा त्यहाँका ४ हजार किसानहरुले आत्महत्या गरेका छन् । भारतमा हरेकवर्ष दसौं हजार किसानहरुले आत्महत्या गर्ने गर्दछन् ।
भारतिय कृषकहरु उल्लेख्य रुपमा मनसुनमा निर्भर हुन्छन् । मनसुनको असफलताका कारणले नगदेवाली नष्ट हुनु उनिहरुको आत्महत्याको मुख्य कारण मानिन्छ । मनसुनको विफलता, खडेरी, मुल्यवृद्धि, ऋणको अत्याधिक बोझ जस्ता कारणले उनिहरु आत्महत्या गर्न विवस छन् । बैंक, साहु, दलालको चंगुलमा परेर त्यहाँका किसानहरु पिडित छन् ।
महाराष्ट्रमा सुख्खाग्रस्त क्षेत्रका ३ हजार विद्यार्थी यो वर्ष अन्तिम परिक्षामा सहभागी हुन पाएनन् । किनकी उनिहरुले समयमा विद्यालयमा शुल्क बुझाउन सकेनन् । एक विद्यार्थीले २ सय ६० रुपयाँको बस पास बनाउन नसकेर आत्महत्या गरेका छन् ।
काठमाडौं, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन पासाङलाई उपराष्ट्रपतिको उम्मेद्धार बनाउन प्रधानमन्त्री केपी ओलीले गरेको प्रस्तावलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पदभारग्रहण सकिएलगतै दुई सत्तारुढ दल एमाले र एमाओवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पासाङलाई उपराष्ट्रपति बनाउनु भन्दा मधेसी वा थारु समुदायका ब्यक्तिलाई उम्मेद्धार बनाउन प्रस्ताव गरेका थिए ।
ओलीले पासाङ माओवादीको पूर्व लडाकु कमाण्डर भएकोले उपराष्ट्रपति बनाउँदा नेपाली सेनामा अप्ठेरो पर्ने समेत बताएका थिए । स्रोतका अनुसार नेपाली सेनाले पासाङलाई उपराष्ट्रपति नवनाउन प्रधानमन्त्री कोइरालालाई दवाव दिएको छ । सेनाको दवावमा प्रधानमन्त्री ओलीले मधेसी वा थारु समुदायको ब्यक्तिलाई उपराष्ट्रपति बनाउन दाहाललाई आग्रह गरेको स्रोतले बताएको छ ।
उपराष्ट्रपति पनि सेनाको परमाधिपति नै हुने भएपछि अप्ठेरो परेको ओलीले दाहाललाई वताएका थिए । ओलीको प्रस्तावमा समर्थन गर्दै एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी देशको चाहाना पनि मधेसी र थारु समुदायकै ब्यक्ति भएको बताएका थिए ।
भारत र नेपाली सेनाको दवावमा एमालेले पासाङलाई स्वीकार नगर्ने बताएपछि एमाओवादी अध्यक्ष दाहाल जंगिएका थिए । उनले ‘खोलो तर्याे लौरो विर्सेयो’ जस्ता नगर्नुस् भन्दै एमाले नेताहलाई आफ्नो पार्टीको निर्णय मान्न आग्रह गरेका थिए । ‘हामीले तपाईहरुको पार्टीको निर्णय मान्यौ, प्रधानमन्त्री र राष्ट्रपतिमा सहयोग गरयौ, अब तपाईहरुको पालो छ च्याँखे नथाप्नुहोस’ बैठकमा दाहालले भने ।
एमाओवादीले आफ्नो स्थायी समितिको निर्णय अनुसार पासाङलाई उपराष्ट्रपतिमा अगाडी सारेको बताएको थियो । ‘तपाईहरुलाई जे गर्न मन छ गर्नुहोस, तर हामी निर्णय बदल्दैनौ’ बैठकमा दाहालले भने ।
उपराष्ट्रपतिको निर्वाचन भोली ब्यवस्थापिका संसदमा हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पदभारग्रहण सकिएलगतै दुई सत्तारुढ दल एमाले र एमाओवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पासाङलाई उपराष्ट्रपति बनाउनु भन्दा मधेसी वा थारु समुदायका ब्यक्तिलाई उम्मेद्धार बनाउन प्रस्ताव गरेका थिए ।
उपराष्ट्रपति पनि सेनाको परमाधिपति नै हुने भएपछि अप्ठेरो परेको ओलीले दाहाललाई वताएका थिए । ओलीको प्रस्तावमा समर्थन गर्दै एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी देशको चाहाना पनि मधेसी र थारु समुदायकै ब्यक्ति भएको बताएका थिए ।
भारत र नेपाली सेनाको दवावमा एमालेले पासाङलाई स्वीकार नगर्ने बताएपछि एमाओवादी अध्यक्ष दाहाल जंगिएका थिए । उनले ‘खोलो तर्याे लौरो विर्सेयो’ जस्ता नगर्नुस् भन्दै एमाले नेताहलाई आफ्नो पार्टीको निर्णय मान्न आग्रह गरेका थिए । ‘हामीले तपाईहरुको पार्टीको निर्णय मान्यौ, प्रधानमन्त्री र राष्ट्रपतिमा सहयोग गरयौ, अब तपाईहरुको पालो छ च्याँखे नथाप्नुहोस’ बैठकमा दाहालले भने ।
एमाओवादीले आफ्नो स्थायी समितिको निर्णय अनुसार पासाङलाई उपराष्ट्रपतिमा अगाडी सारेको बताएको थियो । ‘तपाईहरुलाई जे गर्न मन छ गर्नुहोस, तर हामी निर्णय बदल्दैनौ’ बैठकमा दाहालले भने ।
उपराष्ट्रपतिको निर्वाचन भोली ब्यवस्थापिका संसदमा हुँदैछ ।
चीनद्वारा नेपालसँग विद्युत व्यापार प्रस्ताव
१३ कात्तिक, काठमाडौं ।
चीनले जलविद्युत आयोजना र प्रशारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य संझौता पिटिएका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको छ ।
भारतले अघोषित नाकाबन्दी सुरुसँगै चीनले दुई देशबीचत समझदारीपत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको हो ।
चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको हान्जाउ रिजनल सेन्टरले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्ने इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको हो । आजको नागरिकमा खबर छ ।

नेपाली समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, ‘नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।’ यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। केही समययता नेपाली चलचित्रकी हट नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट सुष्माले अश्विनी कोइरालासँग बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्।
सुष्मा कार्की राम्री कि हट ?
आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।
तैपनि ?
दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।
यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?
कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ।
बेडसिन पनि ?
हो।
किन यति सार्हो खुलेको ?
बाहिर जति सार्हो हल्ला छ, त्यति सार्हो चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु।
कसरी ?
पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले ‘लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु’ भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन। त्यसैले छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु।
कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ?
हुँदै नभएको कुरा त आउने होइनन्। कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो।
फरक पहिचान बनाउन यसो गरेको हो ?
समयको माग भएर।
कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ?
जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ।
कस्तो नेगेटिभ ?
सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ।
त्यस्तो सोच राख्ने दर्शकहरूको संख्या कति पाउनुभयो ?
प्रत्येक महिना दुई-चार जना। कसैले फोनमा कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन्। त्यसैले पनि मैले आफ्नो पुरानो मोबाइल नम्बर परिवर्तन गरें। पहिले म सबैको कलाकार हुँ, किन प्रशंसकहरूलाई अबोइड गरौं भन्ने लाग्थ्यो। अहिले आफ्नो घेरा सीमित बनाएकी छु।
त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्यो ?
एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्यो। कुरा गर्दै जाँदा ‘म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज’ भन्न थाल्यो। अनि त मेरो होस हवास उड्यो। त्यसअघि फेसबुकमा दुई लाखको अफर आएको थियो।
त्यस्ता नकारात्मक फोन वा सार्वजनिक टिप्पणीका बारेमा तपाईंको धारणा के छ ?
१-२ लाख सानो रकम होइन। आखिर सुष्मामा केही त छ, जसले मान्छेलाई आकषिर्त गरिरहेको छ। उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो।
वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो कि ?
त्यो टाटुमा गुलाफको फूल पनि छ। त्यो पनि त हेर्नुपर्यो नि।
के हो त्यसको अर्थ ?
म हट छु, तर गुलाफको फूलजस्तै कोमल।
सूर्यको तातोसँग गुलाफको फूल त्यसै पनि ओइलिनु पर्ने, होइन र ?
अलि विरोधाभास लाग्न सक्छ। टाटु बनाउने बेलामा मैले म बाहिर सूर्यजस्तै र भित्र गुलाफजस्तै छु भन्न खोजेकी थिएँ। बुझाइ मान्छेपिच्छे फरक हुँदो रहेछ।
तपाईंले आफ्नो वक्षस्थललाई नै किन यति महत्व दिनुभएको ?
वक्षस्थल मेरो सेक्स सिम्बोल मात्र हो। मलाई त आफ्ना ओठ र आँखा मन पर्छन्।
कलाकारितामा कहाँसम्म पुग्ने योजना बनाउनुभएको छ ?
बलिउडसम्म।
केही प्रयास गर्नुभयो कि सपना मात्रै हो ?
प्रयास गरिरहेकी छु। हिन्दी सिनेमाकी पाश्र्व गायिका सपना अवस्थीसँग सरसल्लाह गरेर अघि बढिरहेकी छु। आफ्नो पोर्टफोलियो बनाइरहेकी छु। हेरौं, कतिसम्म सफल भइन्छ।
आइटम डान्सर नै बन्ने ?
कलाकारको वर्ग हुँदैन। त्यो त भाग्य र निर्देशकले दिने भूमिकामा भर पर्ने कुरा हो।
लभ ब्रेक भएपछि काममा निकै सक्रिय हुनुभयो, प्रेमले कलाकारितालाई असर गर्दो रहेछ, हो ?
म ब्रेक भैसकेको प्रेमको कुरा गर्न चाहन्न। मैले यो विषयमा धेरै कुरा गरिसकें।
मैले प्रेमपछिको अवस्था जान्न चाहेको हो।
अँ फरक पर्दो रहेछ। अरूलाई टाइम दिनु नपर्ने, अरूको हस्तक्षेप सहनु नपर्ने जस्तो लाग्यो। मानिस जुन लाइफ बाँच्छ त्यसैमा रमाउनु पर्यो नि, होइन ?
तैपनि थाकेको बेला माया गर्ने मान्छेको आवश्यकता त परिहाल्छ नि, पर्दैन र ?
मेरा ४ जना कजन हुनुहुन्छ। मामा-माइजू तथा भाइहरूले पनि उत्तिकै प्रेम गर्छन्। प्रेम गर्न ब्याइफ्रेन्ड नै चाहिन्छ भन्ने रहेनछ।
ब्याइफ्रेन्डले गर्ने माया र अरुले गर्ने मायामा एउटै हो र ?
एउटै हो, केही फरक छैन। ब्याइफ्रेन्डले गर्ने माया विवाहपछिका लागि साँचौला नी, हुँदैन ?
तपाईंजस्ती खुला नायिकाले ब्याइफ्रेन्डको मायालाई विवाहपछि साँच्ने कुरा सुन्दा कतिले पत्याउलान् ?
जति सुकै खुला हुन खोजे पनि म बस्ने यहि नेपाली समाज हो। समाजले के भन्छ भन्दा पनि घर परिवारले के भन्छन् भन्ने कुरा मलाई महत्वपूर्ण लाग्छ। साप्ताहिक यति लोकपि्रय छ कि मेरो फ्यानहरूको हातमा मात्र पुग्दैन, मेरो घरभित्र पनि पुग्छ। साथीभाइसँग गर्ने कुरा र सार्वजनिक गर्ने कुरा फरक पार्नै पर्यो नि।
यो ग्लामरस जीवनपछिको भविष्यको कल्पना गर्नुहुन्छ ?
गर्छु नि। मलाई पनि एउटा हेन्डसम केटा होस्, जसले अब धेरै काम गर्यौं, विवाह गरेर बसौं भनोस् भन्ने लाग्छ। आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ। अँ राम्रो कलाकार बन्ने सपना पूरा नभै चाहिँ विवाह गर्दिनँ।

रातिको समयमा सो मोटरसाइकलमा ३०० लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले सोनमा बजारमा आगजनी गरेको स्थानीयवासी अमित यादवले जानकारी दिए।
मोटरसाइकलको आंशिक भाग जलेकाले नम्बर स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सवारी साधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए ।
त्यस्तै सर्लाहीको गौरीशङ्करमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले ट्र्याक्टरमा आगजनी गरेको छ । आज बिहान ३ बजे गौरीशङ्कर– ९ श्रीनगर र सागरनाथ जङ्गलको बीचमा रहेको स्थानमा मोर्चाका कार्यकर्ताले ज१त ६१८५ नंको ट्र्याक्टरमा आगजनी गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट ल्याएर सर्लाहीको लालबन्दीतर्फ सो ट्र्याक्टरमा चारवटा ड्रममा डिजेल लैजाँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेको मोर्चाका कार्यकर्ता उपेन्द्रसिंह कुशवाहाले जानकारी दिनुभयो । आगजनीबाट ट्र्याक्टर आंशिक रुपमा जलेको हो ।
अनिश्चिकालीन आमहडतालको समयमा भारतीय बजारबाट पेट्रोलियम पदार्थको तस्करीमा वृद्धि भएको भन्दै त्यस्ता पेट्रोलियम पदार्थ नष्ट गरिएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
१९ वटा खसीबोका लुटियो
गौशाला । महोत्तरीको भारतीय सीमा नाकामा आज बिहान एक भारतीय व्यापारीका १९ वटा खसीबोका लुटिएको छ ।
भारतको सीतामढी जिल्लाको पुपरी बजारबाट खसीबोका लिएर आइरहेका भारतीय व्यापारीको १९ वटा खसीबोका अज्ञात समूहले जलेश्वर नगरपालिका–६ स्थित रातो नदीको बाँधमा लुटेका हुन् ।
ती व्यापारीले आफ्नो नाम बताउन चाहेनन् भने लुटिएका खसीबोका खोजी गरी दिन जलेश्वर उद्योग वाणिज्य सङ्घलाई आग्रह गरेका छन् ।
‘लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्न सक्दैनन् ती दुवैलाई एकै स्थानमा बस्ने घर बनाउँदैछु’ भनेर नयाँ शक्तिको डंका पिटेर हिंडेका डा. बाबुराम भट्टराईका पिए भने भान्छेलाई मरणासन्न हुने गरी पिट्ने धन्दामा लागेका छन् । नयाँ शक्तिको नाममा एमाओवादी फुटाएर क्षेत्रीय राजनीतिको बिंडो थाम्ने योजनामा रहेका भट्टराईका एक पिएले सशस्त्र प्रहरीका परिचर (भान्छे) लाई मरणासन्न हुने गरी पिटेका छन् ।
भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका एक पिएले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।
सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका एक पिएले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । भान्छा कोठादेखि भट्टराईको निवासको गेटसम्म रगतको धारो लागेको थियो । भान्छे भान्छाकोठामा ढलेपछि हल्लीखल्ली भए पनि चुपचाप स्टार हस्पिटल पु¥याइएको थियो । बाबुरामका ती पिएले आतंक मच्चाए पनि सो कुराको जानकारी नयाँ शक्तिका रणनीतिकार डा. भट्टराईलाई भने दिइएको वा नदिइएको भन्ने बारेमा जानकारी हुनसकेको छैन । यद्यपि विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् । बाबुरामका ती पिएको आतंक बाहिर ल्याउन नहुने भन्दै बाबुराम पत्नी हिसिला यमीले तानाबाना बुनेकी छिन् । बाबुरामको बेइज्जत हुन्छ भन्दै यमीले बाबुरामका ती पिएलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न भनेकी छिन् ।
भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् । उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा. भट्टराईले भने बाबुरामका ती पिएलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । आजको जनआह्वान साप्ताहिकले खबर लेखेको छ ।
भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका एक पिएले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।
सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका एक पिएले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् । उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा. भट्टराईले भने बाबुरामका ती पिएलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । आजको जनआह्वान साप्ताहिकले खबर लेखेको छ ।
हिमाल, पहाड र तराईलाई अलग गर्न नहुनेमा जोड
काठमाडौं, १२ कात्तिक । चीनले नेपाललाई हेर्ने आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि चीनले नेपालमा बाह्य हस्तक्षेप सहन नसकिने जनाएको हो । उसले नेपालमा भौगलिक अखण्डता हुनुपर्नेमा जोड दिएको छ । अर्थात नेपाललाई एक अर्काे जातको नाममा टुक्रयाउन नहुने धारणा बाहिर ल्याएको हो ।
भारततर्फ संकेत गर्दै चीनले दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला नेपालको भौगोलिक अखण्डतामा जोड दिएको हो ।
जसअनुसार नेपालको हिमाल पहाड तराई जोडिनुपर्ने चाहना चीनले राखेको छ । साथै नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको हो । नेपालको विकासका लागि चीनको सहायता पनि जारी राख्ने भनाई चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबारको नियमित पत्रकार सम्मेलनमा राखे ।
उनले नेपालका नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताए । भौगलिक अखण्डतामा जोड दिएको चीनले भारतको सहयोगमा नेपालको तराईमा एक प्रदेश बनाउनुपर्ने मागको विरोध गरेको हो ।
काठमाडौं, १२ कात्तिक । चीनले नेपाललाई हेर्ने आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि चीनले नेपालमा बाह्य हस्तक्षेप सहन नसकिने जनाएको हो । उसले नेपालमा भौगलिक अखण्डता हुनुपर्नेमा जोड दिएको छ । अर्थात नेपाललाई एक अर्काे जातको नाममा टुक्रयाउन नहुने धारणा बाहिर ल्याएको हो ।
जसअनुसार नेपालको हिमाल पहाड तराई जोडिनुपर्ने चाहना चीनले राखेको छ । साथै नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको हो । नेपालको विकासका लागि चीनको सहायता पनि जारी राख्ने भनाई चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबारको नियमित पत्रकार सम्मेलनमा राखे ।
उनले नेपालका नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताए । भौगलिक अखण्डतामा जोड दिएको चीनले भारतको सहयोगमा नेपालको तराईमा एक प्रदेश बनाउनुपर्ने मागको विरोध गरेको हो ।
बिहीबार, १२ कार्तिक
काठमाडौं । भारतले संविधानमा आफ्नो स्वार्थ उल्लेख नगरेको नाममा नेपालमाथि नाकाबन्दी लादेको छ । यस्तो अवस्थामा नेपाल सरकारले उपयुक्त विकल्पको रुपमा अर्को छिमेकी मुलुक चीनसँग इन्धन सम्झौता गरेको छ ।
भारतले अघोषित नाकाबन्दी लगाउनु ठिक अघि नाकाबन्दीको घोषणा गरेर सीमा नाकाहरुमा केही कार्यकर्ताको भिड जम्मा गर्दै आएका आन्दोलनरत मधेसवादी दलहरुलाई चीनसँगको इन्धन सम्झौताले निद हराम पारेको छ ।
यस बीचमा मधेस आन्दोलनको मसिहा ठान्ने केही नेताहरुको अगुवाइमा यतीबेला मधेसमा चीन विरोधी गतिविधिले पनि तिब्रता पाएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका अग्र नेताका रुपमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि सरकारले चीनसँग गरेको इन्धन सम्झौताले पोल्न थालेको छ ।
उनले चीनले नेपाल सरकारसँग इन्धन आपुर्ति गर्ने सम्झौता गरेर आफुहरुसँग दुश्मनी साँध्न खोजेको आरोप लगाएका छन् । महतोले मधेस आन्दोलनलाई कमजोर पार्न चीनले षड्यन्त्र गरेको आरोप लगाउँदै चीन विरोधी गतिविधि नेपालमा बढ्ने बताए ।
उनले चीनले आफुहरुसँग जोरी खोज्न खोजेकाले त्यसको हिसाव किताव हुने बताए । महतोले अब तराईमा चीनको झण्डा जल्नु स्वभाविक हुने टिप्पणी समेत गरेका छन् ।
उनले चीनले मधेसमा भैरहेको अधिकारको आन्दोलनलाई कमजोर पार्न सम्झौता गरेर आफुहरुसँग दुश्मनी बढाएको बताउँदै चीन विरुद्ध घोषीत आन्दोलन थाल्ने बताए ।
मधेसमा चीनको झण्डा जलाएको विषयमा आन्दोलनरत मोर्चाकै एक नेता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विरोध गरिरहेका बेला महतोले भने चीन विरोधी आन्दोलनको उद्घोष गरेका हुन् ।
उनले चीनसँग जोडीएका नाका बन्द गर्नकालागि जनजाती र थारु आन्दोलनकारीहरुसँग छलफल भैरहेको बताउँदै त्यसमा आफुहरुले सहयोग गर्ने बताए ।

भारतीय नेताको टिप्पणी – मोदीले नेपालमा हारे !
१२ कात्तिक, काठमाडौं ।भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले नाकाबन्दी लगाएर भारतले नेपालमा पराजय भोगेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।प्रधानमन्त्री मोदी अफ्रिका भ्रमणमा रहेको समयमा मोदीको इण्डिया-अफ्रिका सम्मेलनको सम्बोधन अघि मनिष तिवारीले ट्वीटरबाट मोदीलाई अफ्रिका छोडेर छिमेकतिर हेर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अफ्रिकालाई भुल्नुस् प्रधानमन्त्री ज्यू, तपाइँले नेपालमा चीनसँग पराजय भोग्नु भएको छ, हिन्दु राष्ट्रको हठले नेपालमा अव चीनले इन्धन दिने छ ।’
निष तिवारी भारत लुधियानाका कांग्रेस नेता हुन् ।यस अघि कांग्रेसका एक नेताले मोदीको नेपाल प्रोपोगाण्डा गोयबल्स शैलीको भएको भन्दै असफल भएको टिप्पणी गरेका थिए

एजेन्सी– अफ्रिकी यूनियन कमिसनको एक रिपोर्टअनुसार गृहयुद्धको मार खेपीरहेको अफ्रिकी देश सुडानमा मान्छेलाई मान्छेको मासु खाने र रगत पिउनका लागि बाध्य बनाइरेको खबर छ । जानकारी रहोस्, यस गृहयुद्धमा अहिलेसम्म हजारौँ मानिस मारिए र बिस लाखभन्दा बढी घरबारबिहिन भएका छन् ।
अफ्रिकी देश सूडानमा डिंका समुदायको नेतृत्वको सरकार छ र यहाँ सरकार र नेउर समुदायबिच जातीय संघर्ष चलिरहेको छ । उक्त हिंस्रक संघर्षको प्रतिफल त्यहाका स्थानिय बासिन्दाले भोगिरहेका छन् । एक अंग्रेजी अखबारका अनुसार युद्धको समयमा दुवै पक्षबाट हिंस्रक गतिविधिहरु सामुहिक बलात्कार, हिंसा, दुःख दिने काम भएका थिए ।
युद्ध बढ्दै जाँदा दुवै पक्षबाट यस्ता कठोर र हिंस्रक गतिविधी बढ्दै गएको हो । यतिमात्र होइन, युद्धको अवधिमा मारिएका मान्छेबाट बगिरहेको रगतलाई जिउँदो मान्छेहरुलाई पिउनु र मासु खान बाध्य पारियो ।
रिपोर्टमा भनिएअनुसार, यहाँ बाल–बालिकाहरुलाई आतंकित बनाइरहको छ । सामुहिक बलात्कारजस्ता हिंस्रक घटनाहरुले त्यहाका आम मानिसको जीवन नराम्ररी तहस–नहस परेको छ । यद्यपी, सरकार र विद्रोही पक्षकाबीचमा धेरै पटक वार्ता भइसकेको भए पनि हालसम्म सम्झौता हुन सकेको छैन ।

कात्तिक १२ |
काठमाडौं–तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने सरकारको निर्णय नेपाली उपभोक्ताको हितमा नरहेको दाबी गरेका छन् ।
तमलोपा पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले चीनबाट पेट्रोलियम पर्दाथ भित्र्याउदा समय र ढुवानी खर्च दुवै बढी लाग्ने भएकाले चाइना संग गरिएको सहमति नेपाली जनताको हितमा नभएको बताए ।
उनले भारतको सिमाना देखि काठमाण्डौको दुरी २ सय किलो मिटर भन्दा बढी नभएको र एक चोटि लोड भएपछि गन्तब्य सम्म सोझै पुग्ने भएकाले भारतसंग इन्धन आयात गर्दा नै नेपाली जनता र उद्योग दुवैको हितमा रहेको बताए ।
तर, चाइनाबाट आयात गरिएको इन्धनलाई ६ सय ५० किलो मिटर भन्दा बढी दुरी सम्म ढुवानी गर्नुको साथै ठाउँ–ठाउँमा लोड अन्लोड गर्नु पर्ने भएकाले ढुवानी खर्च बढनुको साथै लागत खर्च बढने उनको भनाई छ ।
अध्यक्ष ठाकुरले तराइमा जारी आन्दोलनको निकास मुलुक भित्रै खोज्नु पर्ने समेत बताए ।
अधिकारका लागि मधेशी जनता आन्दोलित हुनु मुलुकको आन्तरिक विषय भएपनि सोको निकास बाहिर खोज्दा मुलुकको विदेश निति कमजोर हुनुको साथै मित्र राष्ट्रहरु संगको सम्बन्ध विग्रिने सम्भावना बढाएको अध्यक्ष ठाकुरले प्रतिक्रिया दिए ।

काठमाडौं, १२ कात्तिक ।
मधेशी मोर्चाको आन्दोलनको बहानामा नेपालमाथि नाकाबन्दी गरिरहेको भारतले चीनतर्फको नाका पनि अवरुद्ध गर्न नयाँ योजना बनाएको खुलासा भएको छ ।
भारतले चीनतर्फको नाका अबरुद्ध गर्न आदीवासी जनजातीका केही नेताहरुलाई प्रयोग गर्न लागेको खुलासा भएको हो ।
नेपालस्थित भारतीय दुतावाससँगको पराशर्मपछि आदीवासी जनजाती नेताहरु चीनतर्फको नाका अवरुद्ध गर्न सहमत भएको स्रोतको दाबी छ । उनीहरुले चीनतर्फको नाका अवरुद्ध गर्न नाका क्षेत्र केन्द्रित आन्दोलनको तयारी गरेको पनि स्रोतले बतायो ।
आन्दोलनमा लाग्ने सम्पुर्ण खर्च पनि दुतावासले नै बेहोर्ने सहमति भएको पनि वताईएको छ । यसैबीच भारतीय दुतावाससँग भएको छलफलपछि आदीवासी जनजातीको गोप्य बैठक बसेको छ । बैठकले रसुवा र तातोपानी नाकामा कार्यकर्ता उतार्ने निर्णय गरेको छ ।
यसैबिच काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अब चिनियाँ नाकाहरु बन्द गर्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चिनियाँ नाकाहरु बन्द गरिने चेतावनी दिए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने उनको चेतावनी थियो ।त्यस्तै कार्यक्रममा सहभागी डा।ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए ।
मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने उनको भनाइ थियो । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति थियो ।
मधेशी मोर्चाको आन्दोलनको बहानामा नेपालमाथि नाकाबन्दी गरिरहेको भारतले चीनतर्फको नाका पनि अवरुद्ध गर्न नयाँ योजना बनाएको खुलासा भएको छ ।
भारतले चीनतर्फको नाका अबरुद्ध गर्न आदीवासी जनजातीका केही नेताहरुलाई प्रयोग गर्न लागेको खुलासा भएको हो ।
आन्दोलनमा लाग्ने सम्पुर्ण खर्च पनि दुतावासले नै बेहोर्ने सहमति भएको पनि वताईएको छ । यसैबीच भारतीय दुतावाससँग भएको छलफलपछि आदीवासी जनजातीको गोप्य बैठक बसेको छ । बैठकले रसुवा र तातोपानी नाकामा कार्यकर्ता उतार्ने निर्णय गरेको छ ।
यसैबिच काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अब चिनियाँ नाकाहरु बन्द गर्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चिनियाँ नाकाहरु बन्द गरिने चेतावनी दिए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने उनको चेतावनी थियो ।त्यस्तै कार्यक्रममा सहभागी डा।ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए ।
मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने उनको भनाइ थियो । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति थियो ।
पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।
विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।
यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।
१ खाना खँदै गर्दा पानी नपिउनुस्
खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।
२ अधिकतम पानी पिउनुस्
दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।
३ जवान हुन्छ त्वचा
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।
४ बजन घटाउन पानी
पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।
५ विकारबाट मुक्ति
विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।
६ विभिन्नरुपमा पानी
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

जितपुर: सद्भावना पार्टिका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले बिदेशीलाई अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने आफूहरुको माग नरहेको बताएका छन् ।
‘बिदेशीलाई अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने हाम्रो माग होईन’ महतोले भने ‘यसलाई गलत ब्याख्या गरिदैछ । मोर्चाले त्यो माग अघि सारेको छैन् ।’
महतोले विवाह गरि नेपालमा आएका महिलाको हकमा भने अधिकार सम्पन्न नागरिकता दिनुपर्ने माग आफूहरुले अघि सारेको प्रष्ट पारेका छन् । भारतलगायत अन्य मुलुकबाट विवाह गरि नेपाल आएका महिलालाई अंगिकृत नागरिकता थमाउन नहुने उनको भनाई थियो ।Rajendra_Mahato_201446537
‘नेपालमा विवाह गरि आएका बिदेशी महिला नेपालकै हुन । उनिहरुलाई अंगिकृत नागरिकता दिएर अधिकारबाट बञ्चित गर्न मिल्दैन ’ महतोले भने ‘त्यसैले मोर्चाले उनिहरुको अधिकारका लागि अंगिकृत नागरिकताको मुद्धा अघि सारेको हो । यसलाई बंग्याएर गलत प्रचार गरिदैछ ।’
बुधबार, ११ कार्तिक
काठमाडौं । ४० वर्ष देखिको भारत निर्भर इन्धन आयतको अवस्था अन्त्य गर्दै नेपालले अर्को छिमेकी मुलुक चीनसँग इन्धन आपुर्तिको सम्झौता गरेको छ ।
भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको हो ।
नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो(चाइना) बीच बुधबार इन्धन आपूर्ति गर्नेबारे व्यवसायिक सम्झौता भएपछि आम जनताले राहत महसुस गर्ने भएका छन् ।
सम्झौता पत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका छन् ।
बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ नेपाल ल्याउने उल्लेख छ ।
चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको बारेमा जानकारी दिएको छ । सम्झौता भए पनि कहिले, कती मुल्यमा र कसरी तेल ल्याउने भन्नेबारे भने उल्लेख गरिएको छैन । चीनले यस अघि नै एक हजार किलोलिटर तेल अनुदानमा दिइसकेको छ ।
पञ्चायतकालमा गुराँसे र बहुदल आएपछि आम्बोटे भनिने ठाउँमा जन्मिएकी हुन् विद्या भण्डारी । यो भोजपुरको दक्षिणी मानेभन्ज्याङ गाविस– २ मा पर्छ । आफ्नै बाजेले गाउँमा खोलेको विद्यालयमा पढेकी विद्याले ७ कक्षा पढ्न सुरु गरेसँगै राजनीति सुरु गरेकी थिइन् । उनको घरमा राजनीतिक वातावरण थियो । उनका बाजे गाउँका प्रधानपञ्च थिए । बडाबाउ कृष्णमोहन पाण्डे बैकुण्ठे गाविसको प्रधानपञ्च भएका थिए । चार काकामध्ये खगेन्द्र पाण्डे मानेभन्ज्याङ गाविसका प्रधानपञ्च, योगेन्द्र पाण्डे जिविस सदस्य, जगिन्द्र पाण्डे तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पिए र राजेन्द्र पाण्डे नेविसंघको जिल्ला अध्यक्ष भए । घरमा राजनीतिक माहोल रहे पनि खगेन्द्रबाहेक सबै काका–बडाबाउ कांग्रेसी राजनीतिमा थिए । काका खगेन्द्र र उनले मात्र त्यस घरबाट वामपन्थी राजनीति गरेका थिए । उनका बाबु कुलुङ गाविसस्थित वीरेन्द्र हाई स्कुलका प्रधानाध्यापक थिए । उनका बाबुले त्रिचन्द्र कलेजबाट स्नातक गरेका थिए ।
बाबुको निधन र राजनीति
बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । उनको जन्म ५ असार ०१८ मा भएको हो । उनी ९–१० वर्षकी हुँदा बाबुको निधन भएको थियो । त्यसवेला उनी ४ कक्षामा पढ्थिन् । बाबुको निधन भएपछि उनी तराईतिर काकाको घरमा गएर एक वर्ष पढेर फेरि गाउँकै निम्न माध्यमिक विद्यालयमा भर्ना भइन् । गाउँमा ७ कक्षासम्म पढेपछि सदरमुकाममा रहेको विद्योदय हाई स्कुलमा भर्ना भएकी उनले त्यही स्कुलबाट एसएलसी पास गरिन् । ०२८ तिर झापा आन्दोलनको खुब चर्चा थियो । त्यसैताका उनका काका खगेन्द्र पनि कम्युनिस्ट थिए । उनैले चिनियाँ क्रान्ति, माओत्से तुङको जनवादी क्रान्ति, कम्युनिस्टहरूले कसरी देश विकास गर्छन् र जनताले सुख पाउँछन् भन्ने कुरा बताएपछि उनी कम्युनिस्ट पार्टीमा लागेकी हुन् । ०३३ तिर पूर्वमा क्रियाशील ‘पूर्वको रातो झन्डा’ समूहका साथीहरूसँग उनको सम्पर्क स्थापित भयो, जसले उनलाई खाँटी कम्युनिस्ट हुन सघायो । एसएलसीपछि क्याम्पस पढ्न सुरु गर्दा ०३५ मा नेकपा मालेको स्थापना भयो । नेपालमा नयाँ क्रान्तिकारी पार्टी स्थापना भएको भन्दै छापिएको पर्चा उनले भोजपुरभरि छरेकी थिइन् । त्यसवेला थोरै महिला मात्र राजनीतिमा थिए । उनीसँगै राजनीति गर्नेहरू अहिले धेरैजसो निष्क्रिय छन् । परिवारका बाजेदेखि काका–बडाबाउ सबैले राजनीति गरे पनि उनको आफ्ना दाजुभाइ कसैले राजनीति गरेनन् । उनका दाजु तेजेन्द्र, टेकेन्द्र र भाइ डेगेन्द्र हाल अमेरिकामा बस्छन् । उनकी बहिनी पनि बाबुको निधनपछि विवाह नगरी आमाको साथमा मोरङको बाहुनीमा बस्दै आएकी छन् ।
घरसँग सम्बन्धविच्छेद र विवाह
उनी राजनीतिमा लागेको थाहा नपाउँदासम्म उनको घरपरिवारसँग सम्बन्ध राम्रो थियो । तर, अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं गएपछि भने घरका सबैले थाहा पाए । त्यो सम्मेलनमा उनी कलेजबाट प्रतिनिधि बनेकी थिइन् । घरमा थाहै नदिई सम्मेलनमा गएपछि उनका काका खगेन्द्र खोज्नलाई धरानसम्म पुगेका थिए । सम्मेलन सकाएर फर्केपछि भने परिवारसँगको सम्बन्ध चिसिँदै गयो । उनलाई विवाह गर्न दबाब बढ्न थाल्यो । त्यसैवेला पार्टीले पनि मदन भण्डारीसँग विवाह गर्ने प्रस्ताव ल्यायो । सुरुमा विवाह नगर्ने सोचमा रहेकी विद्या पार्टीले पटक–पटक कुरा उठाएपछि भने सोच्न बाध्य भइन् । विवाहको कुरा चलेको दुई वर्षपछि पार्टीमा निवेदन दिइन् । पार्टीले सहमति दिएपछि ०३९ साउन २४ गते पार्टीकै व्यवस्थापनमा मदन भण्डारीसँग उनको विवाह भयो । उनी एक्लैको निर्णयमा विवाह भएको थियो । विवाहमा उनका माइती पक्षका कोही पनि सामेल थिएनन् । उनको आमासँगको भेट पनि ठूली छोरीको जन्म भएपछि मात्र भएको थियो । विवाहपछि उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भइन् । सोही वर्ष उनले स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा चुनाव जितिन् ।
काठमाडौं यात्रा र मदनको दुर्घटना
विवाह गरेको करिब सात वर्षपछि ०४७ मा उनीहरू काठमाडौं छिरे । काठमाडौंमा राम्रोसँग स्थापित हुन नपाउँदै ०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि उनलाई घरपरिवार चलाउन निकै कठिन भयो । विवाहपछि भूमिगतकालमा मदन र विद्या लामो समय छुट्टिएर बसेका थिए । बहुदल आएपछि पनि लामो समय सँगै जीवन व्यतीत गर्न नियतिले दिएन ।
राजनीतिक यात्रा र अनुभव
०३५/३६ देखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले ०३७ देखि तत्कालीन नेकपा (माले) मा संगठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् । ०५० माघमा सम्पन्न उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ उनी विजयी भएकी थिइन् । ०५१ मा सम्पन्न मध्यावधि निर्वाचन र ०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा समेत काठमाडौं–२ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेल्दै आएकी छिन् । पछिल्लोपटक रक्षा मन्त्रालय कुशलतापूर्वक सम्हालेर उनी पहिलो महिला मन्त्रीका रूपमा स्थापित छिन् । ०५४ मा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
-नयाँ पत्रिका दैनिकबाट
काठमाडाैं कात्तिक, ११ ।
नयाँ संविधान जारी हुने वित्तिकै एकाएक पार्टी परित्याग गरे पछि धेरै मान्छेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको यो कदम प्रति धेरैे आश्चर्यमा परेका थिए । असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज ९ गते आफूसम्बद्ध रहँदै आएको पार्टी परित्याग गर्ने गरे पछि बाबुरामको कदमलाई धेरैले उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम भएको आशंका गरेका थिए ।
तर, उनले कान्तिपुर दैनिकमा ‘बाबुरामको बकपत्र’ शीर्षकमा आलेख लेखेर यस्लाई अस्विकार गर्दै पार्टी परित्यागको कारण अरु नै भएको खुलासा गरेका छन् । ‘त्यो कुनै क्षणिक आवेग, कसैप्रतिको असन्तुष्टि, कसैको उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम नभई ऐतिहासिक दायित्वबोधका साथ गरिएको सुविचारित निर्णय र सकारात्मक सोचको अभिव्यक्ति थियो,‘ भट्टराईले आलेखमा भनेका छन,‘असोज ८ गते कमरेड प्रचण्डसमक्ष त्यही ‘स्पिरिट’मा ‘सबै माओवादी समूहलाई विघटन गरेर नयाँ शक्ति निर्माण गरौं’ भन्ने प्रस्ताव राख्दा उहाँले त्यसलाई अस्वीकार गरेपछि आफू एक्लै भए पनि अघि बढ्ने सोच बनेको हो।’
उनले त्यसो गर्नलाई महात्मा गान्धीले भारत स्वतन्त्र भइसकेपछि ‘भारतीय राष्ट्रिय कांग्रेसलाई विघटन गरिदिए हुन्छ’ भनेको, माओले चिनियाँ क्रान्तिको १५ वर्षपछि आफ्नै ‘मुख्यालयमा बम वर्षाऊ’ भनेको, चे ग्वेभाराले क्युवाको क्रान्तिको ६ वर्षपछि क्युवा छोडेर अफ्रिका र बोलिभियामा क्रान्ति गर्न हिँडेको घटनाले केही उत्प्रेरणा दिएको समेत उल्लेख गरेका छन् ।
गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’
भट्टराईले संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार)लगायतको गठबन्धनबाट बनेको सरकारलाई गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’को संज्ञा दिएका छन् । ‘संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार) लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन रकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ’, उनले लेखेका छन,‘ खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ।’
ऐतिहासिक भौतिकवाद नयाँ शक्तिको आधार
लामो समय देखि नयाँ शक्ति निर्माणको ओकालत गरि रहेका बाबुरामले पार्टी परित्याग पछि यसलाई झन चर्को रुपमा उठाउन थालेका छन् । उनले नयाँ शक्तिको वैचारिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हुने उल्लेख गरेका छन् । ‘हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो’, बाबुरामले भनेका छन,‘ मूलत : त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ।’
भट्टराईले त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुने बताएका छन्। उनले त्यो माथिबाट लादिएको नभई स्वतह प्रष्फुटित हुने समेत दावी गरेका छन् ।
नयाँ संविधान जारी हुने वित्तिकै एकाएक पार्टी परित्याग गरे पछि धेरै मान्छेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको यो कदम प्रति धेरैे आश्चर्यमा परेका थिए । असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज ९ गते आफूसम्बद्ध रहँदै आएको पार्टी परित्याग गर्ने गरे पछि बाबुरामको कदमलाई धेरैले उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम भएको आशंका गरेका थिए ।
उनले त्यसो गर्नलाई महात्मा गान्धीले भारत स्वतन्त्र भइसकेपछि ‘भारतीय राष्ट्रिय कांग्रेसलाई विघटन गरिदिए हुन्छ’ भनेको, माओले चिनियाँ क्रान्तिको १५ वर्षपछि आफ्नै ‘मुख्यालयमा बम वर्षाऊ’ भनेको, चे ग्वेभाराले क्युवाको क्रान्तिको ६ वर्षपछि क्युवा छोडेर अफ्रिका र बोलिभियामा क्रान्ति गर्न हिँडेको घटनाले केही उत्प्रेरणा दिएको समेत उल्लेख गरेका छन् ।
गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’
भट्टराईले संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार)लगायतको गठबन्धनबाट बनेको सरकारलाई गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’को संज्ञा दिएका छन् । ‘संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार) लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन रकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ’, उनले लेखेका छन,‘ खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ।’
ऐतिहासिक भौतिकवाद नयाँ शक्तिको आधार
लामो समय देखि नयाँ शक्ति निर्माणको ओकालत गरि रहेका बाबुरामले पार्टी परित्याग पछि यसलाई झन चर्को रुपमा उठाउन थालेका छन् । उनले नयाँ शक्तिको वैचारिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हुने उल्लेख गरेका छन् । ‘हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो’, बाबुरामले भनेका छन,‘ मूलत : त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ।’
भट्टराईले त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुने बताएका छन्। उनले त्यो माथिबाट लादिएको नभई स्वतह प्रष्फुटित हुने समेत दावी गरेका छन् ।
काठमाडौं, ११ कार्तिक । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति एमाले नेत्रृ बिद्यादेवी भण्डारी बनेकी छिन् । नेपालको दोस्रो र महिलाबाट पहिलो राष्ट्रपति पराजित गरेकी छिन् । भण्डारीले कांग्रेसका उम्मेद्धार कुलबहादुर गुरुङलाई ११३ मत अन्तरले पराजित गरेकी छिन् ।
बुधबार ब्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारीले ३२७ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी गुरुङले २१४ मत प्राप्त गरेका छन् ।
भण्डारी एमाले जननेता मदन भण्डारीकी धर्मपत्नी हुन् । २०५० सालमा मदन भण्डारीको रहस्यमय मृत्यू भएपछि उनी नेपाली राजनीतिको केन्द्रबिन्दुमा पुगेकी हुन् । मदन भण्डारीको निधनपछि केन्द्रीय समिति सदस्य बनेकी भण्डारी हाल एमालेको उपाध्यक्ष पदमा बहाल थिइन ।
तीन पटक सांसद र एक पटकमन्त्री भइसकेकी भण्डारी देशकै सवैभन्दा ठुला पदमा पुग्ने पहिलो महिला भएकी छिन् ।
बिद्या भण्डारीको यात्रा शिक्षक देखि राष्ट्रपतिसम्म
२०१८ असार ५ गते भोजपुरको गुराँसेमा भण्डारी जन्मिएकी हुन् । बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकी भण्डारी १८ बर्षको उम्मेरदेखि राजनीतिमा लागेकी हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएकी हुन् । राजनीतिमा लागेको एक बर्षमै उनको तत्कालिन मालेका नेता तथा मदन भण्डारीसँग चिनजान भएको थियो । २०३७ सालमा तत्कालीन नेकपा(माले) मा सङ्गठित भई दिर्घकालीन राजनीतिमा सक्रिय बनेकी भण्डारीको मदन भण्डारीसंग २०३९ सालमा विवाह भएको थियो ।
विवाह भएपछि भण्डारीले घरको काम धन्दा चलाउन भोजपुरकै एक बिद्यालयमा अध्यायपन गराउन थालेकी थिइन । आइएसम्मको अध्ययन गरेकी भण्डारीले केही बर्ष प्राथमिकता तहको शिक्षक बनेकी थिइन ।
२०३९ सालपछि राजनीतिकरुपमा सामान्यरुपमा सक्रिय भएपनि जननेता मदन भण्डारीको निधन पछि उनी राजनीतिमा थप सक्रिय भएकी हुन् । मदनको निधन पश्चात उनी पार्टीको केन्द्रीय समितिमा आएकी हुन् । त्यसपछि २०५१ उनले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर थप चर्चामा आएकी थिइन ।
२०५६ सालको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौं क्षेत्र नं. २ बाट निर्वाचित भण्डारी २०६४ मा पराजित भएकी थिइन । हाल समानपातिक सभासद् समेत रहेकी भण्डारी मदन भण्डारीकै निर्वाचन क्षेत्रबाट उम्मेद्धार बन्दै आएकी थिइन ।