चिसोको दुईसय, केटीको तीनहजार
पूर्वी नेपालको इटहरी सहरमा यौनधन्दा खुलेयाम भइरहेको छ । प्रहरीले कडाइ गर्न खोजे पनि त्यहाँ सामानय होटलमा पनि यौनकार्यका लागि युती उपलब्ध हुने गरेको खबर जनआस्थाले छापेको छ । उसले भनेको छ, ‘चिसोको मूल्य दुई सय रुपैयाँ, अनि केटी पाइन्छ भन्दै खुलेयाम हुन्छ बार्गेनिङ ।’
केही समय अगाडिसम्म दुर्गन्धित इटहरीका यौनकर्मी प्रहरीको कडाइसँगै दुलारी, गोठगाउँ, गछियालगायत स्थानका केही होटलमा खुल्लमखुला बिक्री भइरहेका छन् ।
इटहरीबाट विस्थापितहरुले पूर्वपश्चिम राजमार्गसँग जोडिएका सुन्दरदुलारीदेखि बेलबारीसम्म फैलिएर अवैध गतिविधि सञ्चालन गर्न थालेको पाइएको छ । केही दिनअगाडि पूर्व जाने क्रममा सनलाइट होटल एण्ड लजमा चिसो खान छिर्दा आधा लिटरको स्प्राइटलाई २ सय रूपैयाँ लिएको र केटी पनि पाइन्छ भन्दै ब्ल्याकमेलिङ गरेको दुखेसो पोखे ।
इटहरीदेखि ३ किलोमिटरमा पर्ने दुलारीस्थित सनलाइट होटल एण्ड लजले पनि केही समयअघि इटहरीकै खेतीखोलामा अवैध ब्यापार गराउँदै आएको थियो ।
यौनकर्मी महिला नै राखेर ब्यापार गर्दै आएको भन्दै बेलबारी चौकीले यौनकर्मी महिलासहित होटल सञ्चालकलाई पक्राउ गरेपछि यो प्रमाणित भएको हो । उनीहरूले एकपकट यौनसम्पर्क गराएबापत ३ देखि ४ हजार रूपैयाँ लिने गरेको कर्मचारीले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses