माओवादी जनयुद्धमा जाने !
काठमाडाैं, १६ बुँदे सहमतिसँगै संविधान बन्ने आशा बढे पनि कांग्रेसले बहुलवाद शब्दमा प्रस्तावनामैं राख्नुपर्ने अडान लिएपछि एमाओवादीले जनयुद्धमा जाने चेतावनी दिएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनर्सरचना, शासकीय स्वरुप, निर्वाचन प्राणाली र न्यायप्रणालीमा देखिएका मूल विषय शीर्ष नेतृत्ववले टुंगो लगाए पनि संविधान संसोधन, बहुलवाद, नागरिकताका सम्बन्धमा दलहरुबीच विवाद कायम छ ।
संवाद समितिले बनँएको उपसमितिले समेत ती विषयमा टुंगो लगाउन नसकेपछि शीर्ष नेताबीच छलफल भएको थियो । तैपनी टुंगो नलागेपछि विवाद मस्यौदा समितिको जिम्मा छाड्दै तत्कालका लागि सबै विषय संविधानसभामा पठाउन सबै दल राजी भएका हुन् ।
नेपाली कांग्रेसले संविधानको प्रस्तावमैं बहुलवाद उल्लेख हुनुपर्ने अडान नछाडेपछि दिनभर यसै विषयमा छलफल भएको थियो । कांग्रेस सभापति सुशील कोइारला, नेता शेरबहादुर देउवाले पनि बहुलवाद राख्नुपर्नेमा अडान लिएका थिए । तर, एमाओवादीले प्रस्तावनामैं बहुलवाद राख्ने हो भने जनयुद्ध शब्द पनि राखिनुपर्ने अडान राखेको थियो ।
त्यसपछि बहुलवाद प्रस्तावनामा नभई शासकीय स्वरुप सम्बन्धी धारामा समावेश गरी पठाउन अन्य दल सहमत भएका थिए । यसको टुंगो लगाउने जिम्मा पनि मस्यौदा समितिलाई दिइएको छ ।
0 comments
Write Down Your Responses