रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर
युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने । अनलाइन खबर बाट ।
0 comments
Write Down Your Responses