चीनले सोध्यो कस्तो पेट्रोलियम चाहिन्छ ? नेपालले गुणस्तरसहितको कोटेसन पठायो
काठमाण्डु, १५ असोज । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको सिगात्सेबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा चिनियाँ राजदूत वु जुन्ताईसँग छलफल गरेको छ ।
जुन्ताईले नेपालमा प्रयोग हुने इन्धनको गुणस्तरबारे जानकारी मागेपछि आयल निगमले गुणस्तरसहितको कोटेसन मन्त्रालयलाई पठाएको हो । युरो थ्री मापदण्डको गुणस्तर र अन्य प्राविधिक विषयबारे जानकारी दिएको निगम स्रोतले बतायो । निगमले पठाएको कोटेसन बुधबार चिनियाँ दूतावासमा पुगेको छ, तर दूतावासले जवाफ दिएको छैन ।
–नयाँ पत्रिकाबाट

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.