नेपालमा धमाधम चिनियाँ लगानी बढ्दै
नेपालमा उत्तरी छिमेकी चीनको लगानी बढ्दै गएको छ । नेपालले चीनसँग गर्न लागेको द्विपक्षीय व्यापार तथा लगानी संरक्षण सम्झौता (बिप्पा) र पर्यटकको बढ्दो आकर्षणबीच चिनियाँ सरकारले नै नेपाललाई उच्च प्राथमिकतामा राखेका कारण लगानी बढिरहेको हो ।
संख्यात्मक रुपमा चीनले २ वर्षअघि नै भारतलाई उछिनेको हो । उद्योग विभागका अनुसार नेपालमा चीनले हालसम्म ९१५ परियोजनामार्फत ४८ अर्ब ११ करोड ४१ लाख रुपैयाँको प्रतिबद्दता जनाएको छ । यो तथ्यांक १० अर्बभन्दा कम लागतका परियोजनाको मात्रै हो । लगानी बोर्डमार्फत पनि चिनियाँहरुले ठूला परियोजनाका लागि सम्झौता गरिसकेका छन् ।
चीनबाट चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसनले पश्चिमसेती (७५० मेगावाट) जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । विदेशी लगानी ल्याउन स्वीकृति पाएको यो कम्पनीले डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी ल्याउनेछ । आजको कारोबारमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses