यसकारण विवाहपछिको ‘सेक्स’ पनि बलात्कार हुन्छ
अनिंदिता मजुमदार
वैवाहिक बलात्कारलाई अपराध घोषित गर्ने विचारको विरोध किन भइरहेको छ ? सेक्स र जन्मको अधिकारमाथि भइरहेको बहसका बिचमा अचानक वैवाहिक बलात्कारको विषय चर्चामा आयो । जब यस विषयले सार्वजनिक चर्चा पायो, तब यसप्रतिको असंवेदनशीलता बढेर गएको पाइयो ।
विवाह एक पवित्र बन्धन हो, त्यसकारण यसमाथि कसैले प्रश्न उठाउन सक्दैन । गृहराज्यमन्त्री परथीभाई चौधरीले सरकारले वैवाहिक बलात्कारलाई बलात्कार कानुनको दायरामा ल्याउन नसकिने बताए । किनकी विवाह एक पवित्र संस्था हो र यसलाई अपराधको दुनियासँग जोड्न सकिदैन ।
हिंशा
विवाहलाई जब जीवनभरको बन्धनको रुपमा बदलिन्छ तब सहमति–असहमतिको अवधाराणा सामाप्त हुन्छ । विवाह यस्तो संस्था हो, जसमा मानिस सहमतिले उससँग यौन सम्बन्ध बढाउँछ । यस अलावा अन्य यौन सम्बन्धहरु समाजद्वारा प्रतिबन्धित छन् । विवाह जस्तो पवित्र सम्बन्धमा सम्बन्ध विच्छेद, घरेलु हिंशाको बढ्दो दर लगायतले विवाहमा चुनौती थपिदै गएको छ ।
हाल आएर वैवाहिक बलात्कारलाई आम बलात्कार तथा शारीरिक हिंशाको श्रेणीमा राखिने डर यसको विरोधको प्रमुख कारण हो । कानुनले पति तथा परिवारद्वारा गरिने शारीरिक तथा मानसिक उत्पीडन र क्रुरतामा भारतीय कानुनले तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ । घरेलु हिंशा, कानुनको नजरमा जबरजस्त गरिने सेक्स क्रुरताको श्रेणीमा पर्छ र यसबाट महिलालाई बचाउने प्रावधान छ ।
कानून
के हामी पत्नीसँग जबरजस्ती सेक्सलाई अपराधिक ठहर गरेर अहिलेको व्यवस्थामा उथलपुथल मच्चाउन चाहन्छौं ? जस्तोकी समाजशास्त्री प्याट्रिसिया ओबरायको विश्लेषणबाट पत्ता लाग्छ कि सम्बन्ध विच्छेद र दोस्रो विवाहको कानुन एक पागलपनको रुपमा देखिएको छ । यसकारण हिन्दु विवाह अधिनियम या स्पेसल कानुन, भलै पाश्चात्य सम्झौताको रुपमा रहेको छ ।
न्यायधीस अक्सर आफ्नो विरोधाभाषी फैसलामा यसलाई जीवनसाथीमाथि अधिकारको रुपमा देख्छन् । उदाहरणका लागि, जुन कानुनले दाम्पत्य जीवनको अधिकारलाई स्थापित गर्छ, त्यही कानुनले पीडित पत्नीसँग शारीरिक सम्बन्ध बनाउने अधिकार पनि दिएको छ । यो कानुन उपरोक्त सबै कानुनको र अब वैवाहिक बलात्कारविरोधी कानुनको उल्लंघन हो ।
न्यायधीस र उनको फैसला पारम्परिक सोच र तत्कालीन अधिकार सम्बन्धि कानुनको प्रतिरोधको रुपमा सामन्जस्य कायम भएको पाइदैन । हिन्दू विवाह एक पवित्र बन्धनमा यसकारण मानिएको हो की यो मुख्यतः पारिवारिक नेटवर्कबाट जोडिएको हुन्छ । सात जन्मको बन्धन मानिने सामाजिक पारम्परिक सोचले यही मानेको छ की विवाह केवल दुई मानिसका बिचमा नभई परिवार, समुदाय र समूहको विचको सम्बन्ध हो ।
नियमपूर्वक गरिने विवाहमा वर बधुको एक महत्वपूर्ण स्थान हुने गर्छ । यसैकारण प्रेम विवाह र आफ्नै खुसीले गरिने विवाहलाई समाजले त्यति रुचाएको पाइदैन । विवाहलाई लिएर यसप्रकारको सोचभन्दा फरक सोच राख्छ भने त्यसलाई विद्रोहीका रुपमा लिने गरिन्छ । यो आश्चर्यको विषय होइनकी शहरमा बढी सम्बन्ध बिच्छेद तथा घरेलु हिंशाका घटनाले विवाहको यो पावन बन्धन टुटिरहेको छ । ‘समायोजन र सामन्जस्य’ गर्न इन्कार गर्ने कुरा यस्ता टुटेका सम्बन्धको कारण बन्नपुग्छ ।
मान्यता
यस्तो मान्यता वा विचार, जसमा एक महिला उसको पतिको नाम, परिवार, गोत्र देखि आत्मीय तवरले जोडिने कुरा धेरै पुरानो हो । यसमा उतिसारो बदलाव देखिदैन । यसमा सेक्स निर्विवाद र निर्विरोध हुन्छ । त्यसकारण आश्चर्य नमान्नुहोस की वैवाहिक बलात्कार र उसको अस्तित्व सामाजिक रुपले अन्तिममा नङमासु जस्ता बनेका छन् ।
सबै विवाह पवित्र हुँदैनन् । कानुन निर्माताले यसलाई नजरअन्दाज गर्नुको कारण यस सामाजिक संस्थालाई खराबीबाट मुक्त गर्न सकिएको छैन । यसको पछि एक्लै रहने सोच, जीवनसाथी छान्ने अधिकार र सहमतिलाई जोड दिइन्छ । त्यही कारण वैवाहिक बलात्कारलाई अपराधको रुपमा मान्यता दिनुपर्ने मागसँग जोडिएको छ ।
लेखिका भारतीय कानुनविद् तथा महिला अधिकारकर्मी हुन् ।
भारतीय अनलाईन जागरणबाट साभार


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.