सासू सीता र प्रकाशबाट पिडीत भएँ : सिर्जना त्रिपाठी (प्रचण्डकी बुहारी)
प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ ।
विगततिर फर्किंदै सिर्जना अगाडि भन्छिन्, १७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीको रूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ सिर्जनाले भनिन् ।
(साभार : मिरर न्युज
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses