भूकम्प मापन केन्द्रले माफी माग्यो, काठमाडौंको सुन्दरीजलमै केन्द्रबिन्दु (अपडेट)

काठमाडौँ, ६ साउन । नेपालको सरकारी सवामित्वको एकमात्र भूकम्प मापन केन्द्रले भूकम्पको सूचना गल्ती भएको भन्दै माफी मागेको छ ।
बुधबार राति अध्ययनका क्रममा सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै केन्द्रबिन्दु देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी मागेको हो । बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँको सुन्दरीजल क्षेत्रलाई केन्द्रबिन्दुलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । तर, भूकम्प मापन केन्द्रले भने यसअघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बताउँदै आएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले प्राविधिक गढबढीका कारण गलत सूचना गएको बताउनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको सिमानामा रहेको सुन्दरीजल क्षेत्रमा रहेको बताउनुभयो । भूकम्प मापन केन्द्रले यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको सूचना राखे पनि अहिले काठमाडौँ केन्द्रबिन्दु देखाएर नयाँ सूचना राखेको छ ।
नजिकै केन्द्रबिन्दु भएका कारण ४.६ रेक्टर स्केलले पनि काठमाडौँ उपत्यकामा कडा धक्का महसुस गराएको थियो । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.