काठमाडौँमा भूकम्पको कडा धक्का महसुस
बुधबार राति १० बजेर १४ मिनेटमा सिन्धुपाल्चोक र काठमाडौँको सिमानालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार, काठमाडौँको सुन्दरीजल नजिकै केन्द्रबिन्दु भएका कारण काठमाडौँमा कडा धक्का महसुस गरिएको हो । ललितपुरको गोदावरीमा केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको भन्ने हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses