सर्वसाधारणलाई तर्साउन नक्कली बम !

काठमाडौं, ३ असोज । ललितपुरको सातदोवाटोस्थित पासीखेल र काठमाडौंका कलंकी नजिकै रविभवन क्षेत्रमा संकास्पद वस्तु फेला परेको छ ।
ललितपुरको पासीखेलमा फेला परेको संकास्पद बस्तुमा मोहन बैद्य नेतृत्वको माओवादीको पुराना पर्चाहरू फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान ५ बजेर ४५ मिनटमा फेला परेको संकास्पद बस्तुलाई सुरक्षाकर्मीले डिस्पोजल गर्ने क्रममा कित्लीभित्र बैद्य माओवादीको पुराना पर्चाहरू फेला परेको महानगरीय प्रहरी ललितपुरले जनाएको छ ।
प्रहरीले कित्लीभित्र बैद्य माओवादीको २०७१ सालको पुराना पर्चा फेला परेको उल्लेख गरेको छ ।
‘मान्छेलाई त्रसित बनाउन कसैले कित्लीभित्र मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको ०७१ सालको पुरानो पर्चा राखेको हो’, एक प्रहरी उच्च अधिकारीले भने, ‘आफ्ना आन्दोलनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन र जनतामा त्रास फैलाउनका लागि केही समूहले यस्तो हर्कत गरेको हुनसक्छ ।’
फेला परेको कित्ली कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरी भनाइ छ ।
उता, कलंकी नजिकै रविभवनमा प्रहरीले संकास्पद वस्तु फेला परेपछि खोलेर हेर्दा फोहरको पोको रहेको पाइएको छ ।
महानगरीय प्रहरीका अनुसार सर्वसाधारणलाई त्रसित बनाउनका लागि विभिन्न खालका गतिविधि हुन सक्नेभन्दै सुरक्षाकर्मीहरूलाई त्यस्ता गतिविधि रोक्न उच्च सतर्कता अपनाइएको जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई त्रसित नबन्न आग्रह गर्दै शान्ति सुरक्षाका लागि सबै प्रवन्ध मिलाइएको जनाएको छ ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.