‘अन्तिम घडीमा ठूलै संकट’
संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन्।
‘कम/बेसी होला तर संविधानसभाबाट संविधान जारी हुने बेला अधिकांश देशमा विरोध भएको छ,’ अन्तर्राष्ट्रिय संविधानका ज्ञाता डा. विपिन अधिकारीले भने, ‘तर धेेरै देशमा संविधान जारी भएपछि विरोधको स्वर कमजोर भएर गएका छन्, त्यसलाई थेग्न नसकेर कतिपय देश संकटमा पनि परेका छन्।’
संविधानका ज्ञाता भीमार्जुन आचार्य थोरै देशमा मात्र देशमा संविधानसभाबाट संविधान जारी गर्ने कार्य सफल भएको बताउँछन्। उनी नेपालमा भइरहेको प्रयोग सही ठान्दैनन्। ‘नेपालमा जसरी संविधान जारी हुन लागेको छ। यो विश्वको सबैभन्दा असफल मोडल हो। त्यस्तो ठूलो संकट निम्त्याएको छ। देश विभाजनसम्मको कुरा भएका छन्,’ आचार्यले भने, ‘अहिलेसम्म चारवटा देशमा मात्रै संविधानसभाबाट संविधान आएको छ।’
अधिकारीले अंग्रेज शासन हुँदा गठन भएको संविधानसभा हुँदै भारत र पाकिस्तान विभाजन भएको बताए। ‘देशमा मात्रै होइन संविधानसभाका सभासदसमेत विभाजित भए,’ अधिकारीले भने।
केन्यामा संविधान जारी गर्ने समयमा ठूलै रक्तपातको अवस्थामा आयो। केन्याको सन् २००५ मा जारी गरेको संविधानमा असन्तुष्टि यति धेरै चर्क्यो कि संविधान नै फिर्ता लिनुपर्यो ।
पछिल्लो समयमा विवादका बीच बोलिभियामा संविधान जारी भएको थियो। राष्ट्रपति इभो मोरालेसले बहुमतले नै संविधानको विषय पारित गर्न खोजेपछि विवादले ठूलो रूप लियो।
आदिवासीलाई बढी अधिकार दिएको भन्दै युरोपेली मूलका बोलिभियालीले आन्दोलन गरेका थिए। तल्लो तटीय क्षेत्रका चारवटा राज्यको विरोधपछि अहिले स्वायत्ता हुने गरी व्यवस्था गरिएको छ।
तल्लो तटीय क्षेत्रमा लामो समयसम्म सडक अवरुद्ध भएको थियो। संविधानसभाले बहुमतबाट पारित भएको धारालाई जनमत संग्रहबाट पारित गराउनुपर्यो। तर त्यसले पनि राम्रोसँग काम गर्न सकेन। आजको नागरिकमा खबर छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments
Write Down Your Responses