काम नगर्ने कर्मचारीलाई खोजीखोजी कारबाही हुन्छ : मन्त्री पण्डित
खोटाङ, ३२ जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले पाएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई खोजी–खोजी कारबाही गर्ने बताउनुभएको छ ।
हलेसी दर्शन गर्न आउनुभएका मन्त्री पण्डितले एमालेले सोमबार यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा सरकारको तलब खाने अनि आफूले पाएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई खोजी–खोजी कारबाही गर्ने बताउनुभएको हो ।
मन्त्री पण्डितले जिल्लामा तोकिएको काम नगर्ने सरकारी कर्मचारीलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई निर्देशन दिनुभयो ।
मन्त्री पण्डितले हलेसी आउनेक्रममा बाटोमा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुल निरीक्षणसमेत गर्नुभएको थियो । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.