हतियार खरिदमा मुछिए सुशील
मन्त्रालय र निकायहरुलाई भूकम्पमा बजेट परिचालन गर्नुपर्ने भएकाले गाडी लगायतका विलासिताका सामान खरिद नगर्न निर्देशन जारी गर्ने प्रधानमन्त्री कोइरालाले आफैं अपारदर्शी रुपमा विनाटेन्डर हतियार खरिद गर्ने फाइल सदर गरेका छन् । सार्वजनिक खरिद ऐनको व्यवस्थालाई समेत छलेर हतियार खरिद गर्ने क्रममा करोडौं रुपैयाँको कमिसनको चलखेल भएको स्रोतको भनाइ छ ।
सुडान काण्डमा सुजाता कोइरालालाई कमिसन खुवाएर थोत्रा एपीसी नेपाल प्रहरीलाई खरिद गर्न लगाएकाले तीन आइजीपीलाई भ्रष्टाचारमा फसाएका शम्भु भारतीले नेपाली सेनाको इजरायलबाट एक हजारभन्दा बढी संख्यामा गलिल राइफल, गोलिगठ्ठा र त्यसको पाटपुर्जा ल्याउने ठेक्काको फाइल प्रधानमन्त्री सुशील् कोइरालाबाट २०७२ जेठ २९ गते सदर गराएपछि यो कुराको खुलासा भएको हो, आजको दृष्टि साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses