निशुल्क घर बनाइदिन्छु भन्नेर आश्वासन दिनेहरू कता हराए ?
उनीहरुको घोषणा अहिलेसम्मको हकमा प्रचारमै सिमित भएको छ । नेपाल उद्योग परिसंघ र ह्याबिट्याट फर ह्युमानिटीले १ लाख घर बनाउने घोषणा गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
चौधरी ग्रुपले १० हजार घर बनाउने घोषणा गरेको थियो । गोल्छा अर्गनाइजेसन र ह्याबिट्याटले पनि १ हजार घरको घोषणा गरेका थिए ।
जसअनुसार यसअनन्तर्ग काभ्रेको पीपलटारमा घर बनाउन सुरु भएको जनाएकोछ ।
एनआरएनले पनि १ हजार घर बनाउने घोषणा गरेको थियो । सरकारले स्थान तोकिदियोस् भन्ने एनआरएनको भनाइ छ ।
जिपी कोइराला फाउन्डेसनले ११ गाउँ निर्माण गर्ने घोषणा सुजता कोइरालाले गरेकी थिइन् । सुरुमा घोषणा गरेपछि दाताको खोजीमा लागेको फाउन्डेसनले दाता भेटेको छैन ।
सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीका अनुसार पत्रपत्रिकामा प्रचार गरिएअनुसार अहिलेसम्म कुने पनि संघसंस्थाले भूकम्पपीडितका लागि घर बनाइदिन्छौं भनेर प्रस्ताव गरेकै छैनन् ।
अब सरकारसँग समन्वय नै नगरी त उनीहरुले घोषणा गरेअनुसार कसरी घर निर्माण गरिदेलान ?
अर्थसचिव सुमनप्रसाद शर्माका अनुसार सरकारसँग समन्वय नगरी घर बनाउन पाइदैन । कसैले भूकम्पपीडितका लागि घर बनाउन चाहन्छ भने सरकारलाई जानकारी दिएर मापदण्ड र सर्त पूरा गनुपर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses