यौनबर्द्धक तथा तागतिलो खुराक: चिप्लेकिरा
 काठमाडौं । चिप्ले किरा नाम सुन्दा अथवा देख्दा हामीलाई कस्तो कस्तो लग्न सक्छ तर यसको गुण थाहा पाउनु भयो भने तपाइँ अचम्म मान्नु हुनेछ ।

यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ । मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।

भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।

चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् । अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्पु आकर्षित भएको छ ।

चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ । अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।

भिडियो हेर्न तल क्लिक गनुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.