नेपालीले हाले भारतीय प्रधानमन्त्री मोदी बिरुद्ध मुद्दा
नेपालका फ़ोटोग्राफर विमल नेपालले खिच्नु भएको फोटो  बिना स्वीकृति र बिना क्रेडिट आफ्नो फेसबुक वालमा प्रयोग गरेपछि भारतय  प्रधानमन्त्री नरेन्द्र मोदी कानूनी झन्झटमा फसेका छन्। अमेरिकाको बोस्टनमा बस्दै आएका पत्रकार नेपालले खिचेको तस्विर मोदीले ९ महिनाअघि दिपावलीका बेला आफ्नो फेसबुक वालमा प्रयोग गरेका थिए।
पत्रकार नेपालका तर्फबाट बोस्टनस्थित कानूनी सहयोग तथा परामर्शदाता संस्था ‘फिस एण्ड रिचर्डसन'ले भारतिय प्रधानमन्त्री मोदीविरुद्ध कानूनी प्रक्रिया सुरु गरेको हो।

उक्त संस्थाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदीविरुद्ध अमेरिकी कपि राइट लअनुसार प्रक्रिया थालिएको जानकारी गराएको छ। एक सय वर्षभन्दा पुरानो उक्त संस्थाले कला र कलाकार सम्बद्ध यस्ता मामिलामा  निःशुल्क कानूनी सहयोग र परामर्श दिंदै आएको छ। सेतोपाटी डटकममा मनोज अधिकारीले यो खबर लेख्नु भएको छ ।

भिडियो हेर्न तल क्लिक गनुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.