सेक्स गर्न नमानेपछि प्रहरी चौकीमै इन्स्पेक्टरले मोडलको स्तन काटे (हेर्नुस् फोटो)
असार ८ गते
काठमाडौं । सुरक्षार्थ खटिएको प्रहरीका इन्स्पेक्टरले प्रहरी चौकीमै मोडलको बलात्कार गरेका छन् ।
सेक्स गर्न खोज्दा नमानेपछि जबरजस्ती बलात्कार गर्ने क्रममा इन्स्पेक्टरले दाँतले स्तन काटेको समाचारमा जनाइएको छ । मुम्बईकी एक १९ वर्षीय मोडललाई होटलबाट उठाएर चौकीमा ल्याएर इन्स्पेक्टर सुनील खाटपे जबरजस्ती शारीरिक सम्पर्क राख्ने क्रममा दाँतले स्तन काटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बई क्राइम ब्राञ्चले सोमवार मुम्बईको मजिस्ट्रेट अदालतमा मोडल बलात्कार घटनाको अनुसन्धान रिपोर्टसहित ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । अदालतमा पेस गरिएको अनुसन्धान रिपोर्टमा आठ जनालाई घटनाको आरोपी बनाइएको छ । जसमा तीन जना प्रहरी अधिकारी पनि संलग्न छन् ।
खबर अनुसार सबै आरोपीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राखेको, अपहरण गरेको लगायतका विभिन्न अपराध गरेको आरोप लगाएर अदालतमा मुद्दा हालिएको हो ।
यो घटनामा सबैभन्दा गम्भीर आरोप पुलिस इन्स्पेक्टर सुनील खाटपेमाथि लगाइएको छ । खाटपेमाथि एक पुलिस अफिसर भएर पनि बलात्कार गरेको भनी आरोपपत्र पनि दालिखा गरिएको छ ।
आरोपपत्रमा अस्पतालको मेडिकल रिपोर्ट पनि समावेश गरिएको छ, जसमा यो पुष्टि हुन्छ कि मोडलसँग अप्राकृतिक यौन सम्पर्क राखिएको थियो । जसमा दाँतले स्तन काटेको घाउलाई देखाएर पुष्टि समेत भएको छ ।
घटनाका मुख्य योजनाकार असिस्टेन्ट पुलिस इन्स्पेक्टर सुनील खाटपेले मोडललाई होटलमा गलत कार्य गरेको आरोप लगाउँदै पक्राउको वहानामा प्रहरी हिरासतमा राखेर बलात्कार गरेका थिए । उनलाई दुई प्रहरीले सहयोग गरेका थिए ।
क्राइम ब्राञ्चका अनुसार होटलको बाहिर मोडल र उनका केटा साथीलाई इन्स्पेक्टर खाटपेले आफ्नो प्राइभेट गाडिमा राखेर लगेका थिए । त्यसपछि प्रहरी चौकी लगेर दुई प्रहरी निरीक्षकले मोडललाई हिरासतमा राखे ।
त्यसपछि इन्स्पेक्टर खाटपेले मोडलसँग जबरस्ती शारीरिक सम्बन्ध राखेका थिए । ती मोडल १९ वर्षकी हुन् । घटना संलग्न इन्स्पेक्टर खाटपे सहित तीन प्रहरी अधिकारीलाई पक्राउ गरीएको बताइएको छ । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.