यी हुन चन्द्रबहादुरलाई सर्कसमा नचाउन पुर्‍याउने दलाल
काठमाडौं, १८ असोज । विश्वकै होँचा व्यक्ति चन्द्रबहादुर डाँगीको सरकारले भोलि (मंगलबार) सरकारी ष्टिसम्मानका साथ अन्त्यष्टि गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयले मंगलबार एक बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जलि दिने कार्यक्रम राखेको हो ।
नेपाली कांग्रेसका सांसदद्वय राजु खनाल, बुद्धिराम भण्डारी तथा एमाले सांसद गंगा डाँगी, पारिवारिक सदस्य चतुर्मान डाँगी, दोलखबहादुर डाँगीलगायतको आग्रहमा सरकारले उहाँलाई सरकारी सम्मानकासाथ श्रद्धाञ्जलि दिने भएको छ । सिंहदरबारमा आइतबार गृहसचिव सूर्यप्रसाद सिलवालसँग भएको भेटमा चन्द्रबहादुरका आफन्त र सांसदहरूले मुलुकको नाम विश्वमा चिनाउन सफल चन्द्रबहादुर डाँगीलाई सरकारी सम्मान साथ अनितम श्रद्धाञ्जलि दिन माग गरेका थिए ।
उनीहरूको मागपछि गृहसचिव सचिव सिलवालले भोलि मंगलबार एक बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चन्द्रबहादुर डाँगीको शव राखेर सरकारी सम्मानका साथ श्रद्धाञ्जलिको कार्यक्रम राखिदिनु भएको हो । यसको चाँजोपाँजो काठमाडौं जिल्ला प्रशासनले मिलाउनेछ ।
चन्द्रबहादुर डाँगीको शवलाई सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओडाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको आफन्तहरूले जनाएका छन् । मन्त्रीको समय पनि मिलाउने जिम्मा काठमाडौं जिल्ला प्रशासनले पाएको छ ।
यसअघि पनि कांग्रेस सांसद दीपक गिरी, दाङ कांग्रेसका नेता बमबहादुर डिसी, चन्द्रबहादुर डाँगी प्रतिष्ठानका अध्यक्ष चतुर्मान डाँडी, मानवअधिकारकर्मी चरण प्रसाइँले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी शव नेपाल ल्याउन पहल गर्नुभएको थियो । उहाँहरूकै पहलमा प्रधानमन्त्री कोइरालाले चन्द्रबहादुरको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नुभएको थियो ।
७५ वर्षीय चन्द्रबहादुर डाँगीका भदौ १८ गते अमेरिकाको अमेरिकम सामुआ टापुमा निधन भएको हो । सर्कसमा नचाउन पुरार्‍याइएका चन्द्रबहादुर डाँगीको शव असोज १६ गते नेपाल ल्याइएको उनका भतिजा दोलखबहादुर डाँगीले जानकारी दिनुभयो । चन्द्रबहादुर डाँगीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
भोलि मंगलबार दिउँसो एक बजे दशरथ रङ्गशालामा राष्ट्रिय सम्मान दिएपछि चन्द्रबहादुर डाँगीको शवलाई जन्मस्थान सल्यान जिल्ला लगिनेछ । सल्यान जिल्लाको कालीमाटीस्थित शारदा नदीको घाटमा सकेसम्म भोलि मंगलबार नै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको भतिजा दोलखबहादुरले बताउनुभयो ।
चन्द्रबहादुर डाँगीको ७५ वर्षअघि सल्यान जिल्लाको रामपुर गाविसमा जन्म भएको थियो । सानो कदका चन्द्रबहादुरले नेपालको नाम विश्वमा चम्काउनु भएको छ ।
अविवाहित चन्द्रबहादुर आफन्तका साथ दाङ जिल्लाको पुरनधारा गाविसस्थित रिमखोलीमा बस्दै आउनुभएको थियो ।
यी हुन चन्द्रबहादुर डाँगीलाई सर्कसमा नचाउन पुर्‍याउने दलाल

गिनिजबुक अफ वल्र्ड रेकर्डमा विश्वकै होँचो व्यक्तिको नाम लेखाउन सफल ७५ वर्षीय चन्द्रबहादुर डाँगीलाई वृद्धा अवस्थामा सर्कसमा नचाउन पुर्‍याउनेहरू व्यक्तिको रहस्य खुलेको छ । चन्द्रबहादुरका आफन्तलाई २६ लाख रकमको लोभ देखाएर जवरजस्ती सर्कसमा नचाउन लगेको खुलेको हो ।
सर्कसमा नचाउन लैजान भूमिका खेल्ने अरु कोही नभएर गिनिजबुक अफ वल्र्ड रेकर्डमा थुप्रै पटक नाम लेखाएको दाबी गर्ने संखुवासभा घर भएका थानेश्वर गुरागाइँ र लुमजुङ घर भइ सोही सर्कसमा काम गर्दै आएका मैते गुरुङ हुन् ।
गुरागाइँ र गुरुङको योजनामा २६ लाखको लोभ देखाएर चन्द्रबहादुरलाई वृद्धाअवस्थामा सर्कसमा नचाउन लगिएको थियो । गुरागाइँले आफ्नै पहलमा सर्कसमा नचाउन लगेको बताउनुभयो ।
अमेरिकको सामुआ टापुमा सो सर्कस कम्पनी छ । कम्पनीले सर्कसमा नाँचेवाफत चन्द्रबहादुरलाई छ महिनाको २६ हजार डलर अर्थात २६ लाख रकम दिने जनाएको थियो । तर सो रकम चन्द्रबहादुर डाँगीका आफन्तले पाएनन् । सर्कस कम्पनी, गुरुङ र गुरागाइँका कारण चन्द्रबहादुरको शव अस्पतालमा थुप्रै दिनसम्म रहनु पुग्यो ।
गुरागाइँका अनुसार छ महिनासम्म सर्कसमा नाँचेवाफत चन्द्रबहादुर डाँगीले २६ लाख नेपाली अर्थात २६ हजार डलर पाउने सहमति भएको थियो । तर चन्द्रबहादुर डाँगी सर्कस कम्पनीमा काम गर्दागर्दै साढे चार महिनामै बिरामी परेर निधन भएपछि कम्पनीले रकम नै दिएन ।
नेपालस्थित अमेरिकन एम्वेसी, नेपाल सरकार र सामुआ टापुमा बस्दै आएका दाङ घर भएका योगेन्द्र दाहाल क्षत्रीको सहयोगमा चन्द्रबहादुर डाँगीको शव असोज १६ गते नेपाल ल्याइएको हो ।
सर्कसमा नचाउन लैजान प्रमुख भूमिका खेल्ने गुरागाइँले समचारमा आएजस्तो चन्द्रबहादुर डाँगीको शव चर्चमा राखेर पैसा नमागिएको दाबी गर्नुहुन्छ । उहाँले नेपाल सरकारले पनि सहयोग नगरेको आरोप लगाउनु भयो ।
तर चन्द्रबहादुर डाँगीको शव नेपाल ल्याउन दाङ जिल्लाका सांसद दीपक गिरी, कांग्रेसका स्थानीय नेता बमबहादुर डि.सी., मानवअधिकारकर्मी चरण प्रसाइँ र चन्द्रबहादुर डाँगी प्रतिष्ठानका अध्यक्ष चतुर्मान डाँगीले यसअघि नै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी शव नेपाल ल्याउन आग्रह गरेका थिए । सोही आग्रहमा प्रधानमन्त्री कोइरालाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएर चन्द्रबहादुर डाँगीको शव कुटनीतिक पहलमार्फत नेपाल ल्याएको चतुर्मान डाँगीले बताउनुभयो ।
कांग्रेस नेता बमबहादुर डि.सी.का अनुसार आफूहरूको पहलमा प्रधानमन्त्री कोइरालाले चन्द्रबहादुर डाँगीको निधनप्रति दुःख जनाउँदै शोक वक्तव्य जारी गरेको भन्दै सरकारी पहलमा शव नेपाल आएको उल्लेख गर्नुभयो ।
यसैबीच, वृद्धा अवस्थामा चन्द्रबहादुर डाँगीलाई सर्कसमा नचाउन पुर्‍याउने दुई दलाल थानेश्वर गुरागाइँ र मैते गुरुङलाई कारबाहीको माग उठेको छ । उनीहरूकै कारण राष्ट्रको नाम राख्न सफल चन्द्रबहादुरको यो अवस्था पुगेको भन्दै आफन्तहरूले कारबाहीको माग गरेका हुन् ।


2 comments

This comment has been removed by the author.

यो खबरमा पूर्ण सत्यता छैन - केवल करीब १५% मात्र सत्य हो। बास्तविक कुरो बुझ्न परेमा सामोआमा रहँदा मेरो फोन ‌+685 7575010 र दशैमा नेपाल आउँदा 9860424099 मा सम्पर्क गर्नु होला। तर थानेश्‍वर गुराँगाई दलाल होईनन उनीले धेरै सहयोग गरेका छन। यसै गरि स्व डाँगीको सब नेपाल ल्याउन सरकारले कुनैपनि सहयोग गरेको छैन। सर्कस कम्पनी र मैलै नेपाल सम्म पुराउने धेरै झमेला ब्यहोरेकाछौं। अनि मेरो घर दाङ भनिएको छ - तर मेरो घर चितवन हो। यस्तो भ्रामक समाचार नदिनुहुनको लागि अनुरोध छ।
- योगेन्द्र दाहाल क्षेत्री

Write Down Your Responses

Powered by Blogger.