प्रचण्डको विषयमा आएको समाचार बाबुरामले खण्डन गरे
१८ असोज, काठमाडौं ।

एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले आफूले प्रचण्ड अख्तियारको फन्दामा पर्दैछन् भनेर दैनिक पत्रिकामा आफूसँग जोडेर आएको समाचारको खण्डन गरेका छन् ।
 सोमबार नागरिक दैनिकले ‘दाहाल अख्तियारको फन्दामा पर्दैछन्’ शीर्षकमा बाबुरामले प्रचण्ड सहितका नेता अख्तियारको फन्दामा पर्न लागेको भनेको समाचार प्रकाशित गरिएको थियो ।

बाबुरामले ट्वीटरमा भनेका छन्- ‘आजको एक दैनिक पत्रिकामा ‘दाहाल अख्तियारको फन्दामा पर्दैछन्’ शीर्षक समाचारमा मलाई गलत ढंगले जोडिएकोमा त्यसको खण्डन गर्दै खेद प्रकट गर्दछु!

 नागरिकले नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत पर्ने चौधरीग्रामका मजदुरहरूले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताएको भन्दै समाचार प्रकाशित गरेको थियो ।

बाबुरामको ट्वीटमा ब्यापक आलोचना भएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.