‘प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर हामीले गाईको मासु खायौं’
काठमाडौं, २८ असोज । सभामुख र उपसभामुखको निर्वाचनमा भाग लिने या नलिने बिषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तिव्र विवाद देखिएको छ । संघिय समाजबादी फोरम नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी सभामुख र उपसभामुखको निर्वाचनमा भाग लिनु पर्ने पक्षमा देखिएका छन् भने राजेन्द्र महतोले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी भाग नलिने पक्षमा उभिएको छ ।
‘प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर हामीले गाईको मासु खायौं’, विहीबार जारी मोर्चाको बैठकमा सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ‘फेरी त्यही गल्ती दोहरयाउनु हुँदैन ।’ सद्भावनालगाएतका पार्टीले संविधान संशोधन नभएसम्म ब्यवस्थापिका संसदका कुनै पनि कार्यक्रममा भाग लिन नहुँने अडान राखेका छन् ।
तर संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर भने सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भाग लिनु पर्ने अडानमा छन् । उनीहरुले सदन र सडक दुवै स्थानबाट संघर्ष गर्नु पर्ने भन्दै सत्तासाझेदार दलहरुलाई चुनौति दिन पनि संसदको निर्वाचन प्रक्रियामा सहभागि हुनु पर्ने धारणा राखेका छन् ।
तर मोर्चा सम्बन्द्ध सवै दलले भने सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति कुनैपनि पदमा उम्मेद्धारी नदिने अनौपचारिक निर्णय गरेका छन् ।
भिडियो रिपोर्ट हेर्नुस्


0 comments

Write Down Your Responses

Powered by Blogger.