मौनता तोड्दै राष्ट्रपतिले भने, ‘मधेसबाटै नयाँ राष्ट्रपति चुनिनु पर्छ ’
भारतीय पत्रिका द हिन्दूलाई अन्तरर्वार्ता दिँदै यादवले राष्ट्रपतिमा मधेसी समुदायबाट प्रतिनिधित्व हुनुपर्ने र दलहरुले मौका दिए आफु फेरि सेवा गर्न तयार भएको जनाएका छन् ।
राष्ट्रपतिले भनेका छन् , ‘नेपालमा प्रतिनिधिमूलक सरकार चाहिन्छ, देश र राजनीतिक दलहरुले माग गरे भने राष्ट्रपतिका रुपमा फेरि देशको सेवा गर्न तयार छु ।’
उनले सबै समुदाय र भौगोलिक क्षेत्रको प्रतिनिधित्व भएमात्र आन्तरिक व्यवस्था र सौहाद्र कायम रहने राष्ट्रपति बताए । संसदले दशैअघि सभामुख र उपसभामुखको निर्वाचन गर्ने छ भने दशैपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ ।
राष्ट्रपति डा. यादवले अबको नयाँ राष्ट्रपति पनि मधेसी समुदायबाट हुनु राम्रो हुने बताए । उनले भने, ‘दलहरुले ग्राउण्डको कुरा सुनेका छन् र त्यस अनुुसार निर्णय गर्नेछन् भन्नेमा मलाई विश्वास छ ।’
प्रधानमन्त्री पहाडी बाहुनले पाएका कारण राष्ट्रपति मधेसी नेताले पाउनु पर्ने र त्यसका लागि यादवको नाम अग्रपंक्तिमा रहेको हिन्दूले दाबी गरेको छ । यादवले अन्तर्वार्तामा भनेका छन्, ‘ मैले म राष्ट्रपति हुनुपर्छ भनेको छैन ।
तर एक मधेसीले देशको व्यवस्था र सन्तुलन मिलाउन सक्छन् । दलहरुले उठेका आवाजहरुलाई सुन्ने छन् भन्ने विश्वास छ ।’
राष्ट्रपति डा. रामवरण यादवले लामो मौनता तोड्दै फेरि राष्ट्रपति हुने इच्छा देखाएका हुन । साथै अबको राष्ट्रपति मधेसी समुदायकै व्यक्ति हुनु उपयुक्त हुने डा. यादवको तर्क छ ।
भिडियो रिपोर्ट हेर्नुस्
0 comments
Write Down Your Responses