प्रशिक्षक अञ्जन केसीको गुण्डा नाइके ‘चरी’ सम्मको कनेक्सन
काठमाडौं – म्याच फिक्सीङ (खेल मिलेमतो) को आरोपमा पक्राउ परेका फुटवल प्रशिक्षक अन्जन केसीको गुण्डा नाइके ‘चरी’ सँग कनेक्सन रहेको खुलेको छ । म्याच फिक्सिङमा संग्लग्न रहेर अकुत सम्पती कमाएका केसीले चरिसँग मिलेर लगानी गर्ने गरेको खुल्न आएको प्रहरीका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘लगानी गर्दा मात्रै मिलेका हुन्, या फिक्सिङमा ‘चरी’ पनि संलग्न हुन्थे भन्नेबारे अनुसन्धानपछी मात्रै थाहा हुन्छ ।’
घटना खोतल्दै जाँदा म्याच फिक्सिीङ प्रकरणमा प्रहरी इन्काउन्टरको शिकार भैसकेका चरी समेत मुछिने संभावना रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार राष्ट्रिय टोलीबाट सन्यास लिनुअघि देखि नै अञ्जन केसीलाई क्यासिनोको लत लागेको थियो । उनी जुवा खेल्न आउनेहरुलाई ऋण उपलब्ध गराउने काम गर्थे । त्यस्तै फुटबलमा बेटिङमा पनि उनी संलग्न हुँदै आएका थिए । प्रहरीका अनुसार विदेशमा मात्र नभएर काठमाडौंमा पनि फुटबलमा बेटिङ गर्ने ठूलो सञ्जाल नै रहेको छ ।
सन् २००५ देखी राष्ट्रिय फुटवल टिमको महत्वपुर्ण सदस्यको भुमिकामा रहेका केसीले २०१३ बाट मैदान छाडेका थिए । खेल्न छाडेपछी थ्रि स्टार क्लवको प्रशिक्षक बनेका केसीले केही समय अघि प्रशिक्षकबाट राजिनामा दिएका थिए ।
त्यस्तै अखिल नेपाल फुटवल संघ एन्फाका सानादेखि ठूला अधिकारीसमेत संग्लन रहेको तथ्य आफुहरुले फेला पारेको महानगरीय अपराध महाशाखाले जनाएको छ । एन्फाका कुन–कुन पदाधिकारी संलग्न छन् भन्नेबारे नेपाली फुटवलहरुले फिक्सीङ खेलेका अफगानिस्थान, मलेशिया, वंगलादेश, फिलीपिन्सि र जोर्डनका प्रहरीसँग कुराकानी भैरहेको प्रहरीको भनाई छ ।
महानगरीय अपराध महासाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘ति देशका प्रहरी संगठनको सहयोगमा फिक्सहरुसम्म पुग्न खोजिरहेका छौं, त्यसो भएमा नेपाली फुटवलका कुन–कुन पदाधीकारीले खेल मिलेमतोमा भुमिका खेल्नेगरेका छन् भन्नेबारे पत्ता लगाउन सकिन्छ, यद्यपी हामीले प्राप्त गरेको सुचनाका आधारमा साना देखी ठुलासम्म एन्फा अधिकारीमाथी अुनसन्धान शुरु गरेका छौं ।’
म्याच फिक्सिीङको आरोपमा बुधवार नेपाली राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा सहित डिफेन्डरद्वय सन्दिप राई, विकास सिंह क्षेत्री, गोलकिपर रितेश थापा र प्रशिक्षक केसी पक्राउ परेका थिए । नेपाल पुलिस क्लब बाट खेल्दै आएका रितेश थापा प्रहरी सहायक निरीक्षक हुन् ।
0 comments
Write Down Your Responses