भारतबाट ल्याएको एक सय लिटर डिजेल आन्दोनकारीद्वारा नष्ट
कात्तिक ३
जलेश्वर  – महोत्तरी जिल्लाको मटिहानीमा सोमबार संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले दुईवटा मोटरसाईकलमा राखेर लगिरहेको एक सय लिटर डिजेल नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
विद्यापति राजमार्गको मटिहानीमा भारतीय बजार मधवापुरबाट ज ३ प ३६९६ तथा नम्बर नखुलेको मोटरसाइकलमा लोड गरिएको सय लिटर डिजल संजीव पाठक नेतृत्वको मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई नष्ट गरेको हो ।
डिजल महोत्तरीकै बिजलपुरा तथा जनकपुर लग्दै गरेको अबस्थामा नियन्त्रणमा लिइएको बताइएको छ ।
मोर्चाका नेता तथा कार्यकर्ताहरुले नाकाजाम गरेपछि यसरी लुकिछिपी सयौं लिटर तेल ग्यालेनमा हालेर गाउँ घरमा लगिने गरिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.