शोधकर्ता भन्छन्, ‘घरमा कुकुर पाल्ने चलन नेपालबाट शुरु भएको हो’
कार्तिक ३
मियामी – कुकुरलाई मानिसको असल मित्र भनिन्छ र लामो समयदेखि मानिसहरुले कुकुरलाई घरपालुवा जनावारको रुपमा राख्दै आएका छन् । तर तिनीहरुलाई पाल्न कहाँबाट शुरु भयो भन्ने कुरामा भने लामो समयदेखि विवाद रहँदै आएको थियो ।
करिब १५ हजार वर्ष अघि युरेसियन ग्रे वुल्फबाट विकास भएको कुकुरलाई सबैभन्दा पहिले मध्य एसियामा घरपालुवा जनावारको रुपमा राख्न थालिएको शोधकर्ताहरुले बताएका छन् । विशेष गरेर नेपाल र मंगोलियामा कुकुरलाई पहिलोपटक पाल्न सुरु गरिएको उनीहरुको दाबी छ ।
कहाँबाट कुकुर पाल्न शुरु गरिएको भन्ने कुराको शोध गरिरहेको नेसनल एकाडेमी अफ साइन्सले विश्वभर कुकुरको प्रजातिहरुको अध्ययन पछि सो निश्कर्ष निकालेको हो । कोरनेल विश्वविद्यालयका एडम ब्वाइकोको नेतृत्वमा एक टोलीले विश्वभरका ३८ देश मा रहेका ५ सय ४० गाउँबाट ४ हजार ६ सय कुकुरको १ लाख ८५ हजार ८ सय जिनको अध्ययन गरेको थियो ।
अध्ययनपछि उनीहरुले कुकुर पाल्न मध्य एसिया, विशेष गरेर नेपाल र मंगोलिया, बाट कुकुर पाल्ने चलन शुरु भएको निश्कर्षमा पुगेका हुन् ।
हुनत यसअघि नै पूरातत्वविद्हरुले मध्य एसियाबाट कुकुर पाल्ने चलन शुरु भएको बताएँदै आए पनि यसबारे जेनेटिक अध्ययन भने हुन सकेको थिएन ।



0 comments

Write Down Your Responses

Powered by Blogger.