टाइटानिकका हिरो नेपाल आउँदै
हलिउडका चर्चित अभिनेता लियोनार्दो डी क्याप्रियो नेपाल आउने भएका छन् । अर्थमन्त्रालयले सोमबार उनी नेपाल आउन लागेको जानकारी दिएको हो ।
भूकम्पले तहस नहस भएको नेपालको पुनस्थापना तथा नवनिर्माणका लागि सहयोग राशी जुटाउने उद्देश्यले आयोजना हुन लागेको दाता सम्मेलनमा अस्कर अवार्ड विजेता तथा टाइटानिक भन्ने चर्चित फिल्मका अभिनेता लियोनार्दो नेपाल आउन लागेका हुन् ।
उनी सँगै बेलायती अभिनेत्री जुआना लुम्ले पनि नेपाल आउने बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses