अनौठो आवाज निस्कने विश्वकै सुनसान कोठा
मानिसले 0 डेसिबल्स (ध्वनीको मापन यूनिट) सम्म मात्र ध्वनीको स्तर सहन सक्छ तर यहाँ –९ डेसिबल्सको ध्वनीको स्तर रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्ड नै राखेको छ । सामान्य शान्त कोठा भन्दा यो ३० गुना शान्त रहेको विज्ञहरु बताउँछन् ।
यो कोठा यस्तो शान्त हुनुको कारण यहाँका भित्ता, भुइँ, छत सबैले ध्वनीलाई प्रतिबिम्बित गर्नु भन्दा ध्वनीलाई अवशोषित गर्दछ अर्थात त्यो स्वरलाई फर्कन दिँदैन । यहाँ बाहिरको केही पनि आवाज आउँदैन र भित्रको आवाज पनि बाहिर निस्कन दिँदैन ।
यो कोठामा मानिस सामान्यतया ३० देखी ४० मिनेट भन्दा बढी बस्न सक्दैन । यो कोठामा अहिले सम्म सबैभन्दा ज्यादा बस्न सकिएको भनेको ४५ मिनेट मात्र हो । शान्त कोठामा बस्न किन नसकिनु भन्नै सबैलाइ लाग्न सक्छ ।
तर यहाँ यति शान्त छ कि मानिसले आफ्नै मुटुको आवाज, पेटको आवाज, सास फेरेको आवज आउँछ । यतिसम्मकी यहाँ कानकै आवाज पनि सुनिन्छ । स्मरण रहोस् मानिसको कान निदाएको बेलामा पनि सक्रिय रहन्छ । कानले केही आवाज सुनेन भने आफैँ आवज निकाल्न थाल्छ ।
त्यसैले यो कोठामा बस्न निक्कै नै गाह्रो हुन्छ ।यो कोठा खासमा मान्छे बस्न बनाइएको भने होइन । यहाँ विभिन्न वैज्ञानिक परिक्षण हुने गरेका छन् ।




0 comments
Write Down Your Responses