पुनःनिर्माण प्राधिकरण बाबुरामले नपाएपछि प्रचण्डले भने-‘हामी कुनै हालतमा पनि मान्दैनौं’
सूर्यविनायक नगरपालिका–३ कटुन्जे कोलडाँडामा बसोबास गर्दै आएका कलाकार घनश्याम गौतम र उहाँकी श्रीमती युगज्योतिलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् बैठक बस्नु चार दिन अगाडि अध्यादेशबाट प्राधिकरण गठन गर्न खोजेर सत्ता पक्षले संसद्लाई छल्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले प्राधिकरण स्वायत्त अधिकारसहितको हुनुपर्नेमा मन्त्रिमण्डल जस्तो भएको टिप्पणी गर्दै भन्नुभयो– “प्राधिकरण बनाउने सैद्धान्तिक असहमति हाम्रो होइन, संसद्बाटै विशेष समिति बनाएर जानुपर्छ भनेका हौँ तर अध्यादेशबाट ल्याउन खोजियो, त्यो प्रक्रियामा मात्र असहमति हो ।” यसले चार दलबीच भएको १६ बुँदे सहमतिलाई कुनै असर नगर्ने अध्यक्ष दाहालको भनाइ थियो ।
सर्वोच्च अदालतले गरेको निर्णयले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले अदालतलाई पेलेर जाने चार दलको मनशाय नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– “संविधानसभा सार्वभौमसभा भएकाले त्यसको कार्यविधि छलफलमा कहीँ कतै आवाज उठाउनु हुँदैन, अदालतले पनि कुनै विषय उठाउन पाउँदैन ।”
विपक्षीलाई नबोलाई अदालतले हतारबाट आदेश दिएको टिप्पणी गर्दै उहाँले अदालतको आदेश सच्याउन अदालत नै जान सकिने बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses