सुशील सोध्दैछन : प्रधानमन्त्री छोडेपछि मैले के पाउने?
३१ जेठ, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोइरालाले आफूले राजीनामा दिएपछि पाउने जिम्मेवारी खोज्न थालेका छन। प्रधानमन्त्री कोइरालाले आफना निकटस्थहरुसँग ‘काँग्रेसले प्रधानमन्त्री छोडेपछि पाउने के हो?’ भनेर सोध्न थालेको प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराए।
कोइरालाले राजीनामा दिएपछि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली आउने समझदारी भएपनि नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको जिम्मेवारी कसरी भागवण्डा लगाउने भन्नेमा दलहरु वीच औपचारिक छलफल भएको छैन।
‘सुशीलजीले काँग्रेसले प्रधानमन्त्री छोडेपछि पाउने के हो भन्न थाल्नु भएको सुनेको छु’ पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले दिएको अभिव्यक्ति उघृत गर्दै स्थायी समिति सदस्य अग्नी सापकोटाले भने।
एक महिना भित्र जेठ २५ गते भएको १६ बुदे सहमति अनुसार संविधान जारी गरेर प्रधानमन्त्री कोइरालाले राजीनामा दिइ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भद्र सहमति भएको पनि दाहालले बताए।
एमाओवादी केन्द्रीय समितिको शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले उठाएका जिज्ञासा शान्त पार्दै दाहालले भद्र सहमति खुलासा गरेका हुन। भद्र सहमति कार्यान्वयन हुन नदिनका लागि चलखेल शुरु भइसकेको पनि दाहालले बताए। आफनो पार्टीको ध्यान संविधान जारी गराउनेमा केन्द्रित रहेको पनि दाहालले जानकारी गराए।
दाहालको भनाई उघृत गर्दै नेता सापकोटाले भने’१६ बुदे सहमति मुलभुत रुपमा सही छ। संघीयता,समानुपातिक जस्ता बिषयलाई अगाडि बढाउन सहमतिले ढोका खोलेको छ। तर चुनौती र जटिलता अझै छ।
त्यस्ता चुनौतीको सामना गर्दै एक महिना भित्रै संविधान बनाउन शिर्ष नेताहरु केन्द्रित हुनुपर्छ।’ संविधानलाई प्रगतिशिल बनाउन संघर्ष गर्ने ठाउँ अझै बाँकी रहेको पनि दाहालले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गनुहोस :
0 comments
Write Down Your Responses