कांग्रेसका मन्त्री भ्रष्टाचारमा चुर्लुम्म
काठमाडौं, २८ जेठ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्(सीटीइभीटी)को उपाध्यक्ष पद खाली भएको तीन महिना पुग्न लागेको छ । गोपाल खनालको पदावधि सकिएको २०७१ चैत १२ गतेदेखि सीटीइभीटीमा उपाध्यक्ष पद रिक्त छ । उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष नियुक्त गर्न नसके पनि शिक्षामन्त्री यादवले बदनाम पूर्व सहसचिव ज्ञानी यादवलाई परिषद्का सबै काम हेर्नेगरी खटाएकी छिन् । विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारी हुँदादेखि उच्च शिक्षा परिषद्मा प्रशासन प्रमुख हुँदा ज्ञानी यादव भ्रष्टाचारमा बदनाम भएका हुन् । उनलाई मन्त्री यादवले उमावि शिक्षा परिषद्को पदपूर्ति समितिको सदस्यमा पठाएकी छिन् ।
परिषद्का पदपूर्ति, प्रश्नपत्र तयारी, अनुगमनदेखि सबै काम सदस्य सचिव नारायण कोइरालाले ज्ञानी यादवले भनेअनुसार नै गर्दैआएका छन् । स्नातकोत्तर उत्तीर्ण गरेको योग्यता हुनुपर्ने सदस्यसचिवमा स्नातकको योग्यताको प्रमाणपत्र समेत नभएको भनेर सार्वजनिक रुपमा मिडियामा आए पनि करोडौं रुपैयाँ खाएर मन्त्रीले नारायण कोइरालालाई परिषद्को सदस्य सचिव बनाउन सफल भएकी छिन् । कोइराला अति नै भ्रष्ट भएको भनेर प्रधानमन्त्री सुशीलले रोक्न खोजे पनि ५ महिनासम्म नियुक्ति हुन नदिएर अस्तब्यस्त पार्ने काम मन्त्री चित्रलेखाले गरेकी थिइन् ।
मन्त्री यादवले सीटीईभीटीको उपाध्यक्षका लागि पनि रकमको मोलमोलाई गरेको खुलासा भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य यज्ञबहादुर कार्कीको संयोजकत्वमा पूर्वमहान्यायाधीवक्ता सूर्य कोइराला र शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित सदस्य सचिव रहेको उपाध्यक्ष छनोट समितिमा सीटीइभीटीमा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका पूर्व सदस्य सचिव जयबहादुर टण्डनले पनि निवेदन दिएका छन् । उनी करोड नै खर्च गरेर भए पनि उपाध्यक्ष हुन दौडिएका छन् । सीटीइभीटीकै निर्देशकद्वय कुलबहादुर बस्नेत र रमेशकुमार बखती पनि उपाध्यक्षको लागि दौडिएका छन् । यीमध्ये जसले बढी कबोल गर्छ उसैलाई नियुक्त गर्ने तयारीमा भएकोले छनोट समितिले अहिलेसम्म नाम सिफारिस नगरेको बुझिएको छ । टण्डन सीटीइभीटीलाई बदनाम गर्ने पात्र भएकाले उनलाई नियुक्ति गर्नु नहुने मत कांग्रेसभित्रै छ । टण्डन ब्रिफकेस नै बोकेर नियुक्ति हुने दाउमा दौडिरहेका छन् । यी तीनैजना सीटीइभीटीको गरिमामै असर पर्ने काम गरी लाभ लिनेभित्र पर्दछन् ।
मापदण्डमा १५ बर्ष प्राविधिक तथा ब्यवसायिक क्षेत्रमा काम गरेको अनुभव भएकाले उपाध्यक्ष हुने चाहना राख्दैआएका स्वास्थ्य मन्त्रालयका ११ तहका डा. गरिबदास ठाकुर र पूर्वसहसचिव ज्ञानी यादवले निवेदन नै नहालेको बुझिएको छ । इन्जीनीयरीङ प्रमाणपत्रबारे नै अनेक आशंका गरिएका र इन्जीनीयरिङ परिषद्मा अध्यक्ष भइसकेका शालीग्राम सिंह पनि नियुक्तिको दौडमा सामदाम प्रयोग गरी लागेका छन् । मन्त्री यादव भने जसले बढी कबोल गर्छ उसैलाई सीटीइभीटीमा नियुक्ति गर्ने योजनामा छन् । मन्त्री यादवले १२ वटा नर्सिङ कलेजसँग प्रतिकलेज १० लाख रुपैयाँका दरले घुस खाएर सम्बन्धन दिएको सूचना पाएपछि प्रधानमन्त्रीको निर्देशनमा सम्बन्धन कार्यान्वयन तत्काललाई रोकिएको छ । भ्रष्टाचारमा सुजाता कोइराला, हिसिला यमीलाई पनि चित्रलेखाले उछिनेको टिप्पणी कांग्रेसभित्रै हुन थालेको छ ।
त्रिपाल खरिदमा मन्त्री खड्का मुछिए
कांग्रेसको तर्फबाट सहरी विकास मन्त्रीको जिम्मेवारी लिएका डा.नारायण खड्काले त्रिपाल खरिदमा पनि अनियमितता गरेको सार्वजनिक भएको छ । मन्त्री महतले कृषि विकास मन्त्रालय अन्तर्गत कर्मचारी नियुक्तिमा पनि अनियमिततापूर्वक काम गरेको आरोप छ । मन्त्री महतले अर्थका सरुवामा कमिसन लिने र राहतमा पनि नुवाकोट विशेषगरी आफ्नो क्षेत्रमा मात्र राष्ट्रको ढुकुटी दुरुपयोग गरेका छन् । मन्त्री महतले पूर्व सचिव कृष्ण ज्ञवालीलाई राष्ट्रको ढुकुटीबाट मासिक २ लाख रुपैयाँ तलव खानेगरी नियुक्ति दिएका छन् । अमेरिकी सरकारद्वारा विकास सहायताको सदुपयोग एवं प्रभावकारी व्यवस्थापन गर्न स्थापित संस्थागत संयन्त्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का तर्फबाट सबै कार्यको संयोजन तथा समन्वय गर्नका लागि उनलाई नियुक्त गरिएको दाबी गरिएको छ ।
तर यो संस्थाबाट मुलुकलाई के कति सहयोग आएको छ र आउँछ त्यसको कुनै पारदर्शीता नभई राष्ट्रको ढुकुटीबाट मासिक २ लाख तलव, गाडी समेत दिने निर्णय भएको छ । भूकम्पपछि गाडी खरिदमा रोक लगाए पनि भूकम्प अगाडि नै निर्णय भएको भनी मन्त्री महतले उनकै लागि बाटो खुलाइदिएका छन् । यो जिम्मेवारी अर्थमन्त्रालयका बहालवाला सहसचिव वा उपसचिवलाई नै दिन सकिनेमा मासिक देशलाई २ लाख रुपैयाँ भार पार्ने काम मन्त्री महतले गरेका छन् । भएका संस्थाहरुमा राजनीतिक नियुक्ति गर्न एमालेलाई भाँजो हाल्ने कांग्रेसले औचित्य नै पुष्टी नगरी देशको बजेट दुरुपयोग गर्दै कार्यकर्ता पोस्न नयाँ निकाय खडा गर्दै नियुक्ति गर्ने क्रम जारी राखेको छ । अर्थमन्त्रीपछि यसरी नियुक्ति गर्नेमा भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधि पनि अग्रपंक्तिमा देखिएका छन् ।
मन्त्री निधीले आफ्ना निकट कार्यकर्तालाई जागिर खुवाउनकै लागि यातायात क्षेत्र विकास सुझाव समिति गठन गरी त्यसको संयोजकमा जनकपुरका कांग्रेस कार्यकर्ता राधाकृष्ण देवलाई नियुक्ति गरका छन् । देवको तलब समेत मासिक १ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्बाटै गराएका छन् । उनी संयोजक रहने समितिका सदस्यहरुमा उपसचिव तहका कर्मचारीहरु रहने ब्यवस्था गरिएको छ ।
श्रममन्त्री विवादमा
म्यानपावर मन्त्रीका नामले चिनिने श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पदबहाली गर्नासाथ श्रम सहचारी नियुक्तिमा मोलमोलाई गर्न खोजे पनि मापदण्ड बनाएर सिफारिस भएकाले अन्तत: नियुक्ति गर्न बाध्य भएका थिए । अहिले पुन: केही देशमा श्रम सहचारी रिक्त भएका छन् । ती देशमा श्रम सहचारी नियुक्तिको लागि माग गरी मोलमोलाई सुरु भएको छ । उनी मलेसियामा जाने काम कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गराउने सवालमा करोडौं रुपैयाँ घुसको चलखेलमा लागेकोमा विवादमा परेका छन् ।
चित्रलेखाका अगाडि निरीह प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइराला कति निरीह छन् भन्ने कुराको पुष्टी उनले दिएको निर्देशन अवज्ञा गर्दै उनकै पार्टीको तर्फबाट शिक्षामन्त्री भएकी चित्रलेखा यादव विदेश भ्रमणमा गएको घटनाले उजागर गरेको छ । मन्त्री यादव डेनमार्कको एक हप्ते भ्रमण सकेर फर्के लगत्तै मलेसिया र अरु केही देशमा जाने योजनामा छिन् ।
देश महाभूकम्पको त्रासदीबाट गुज्रिरहेको छ । आठ हजार भन्दा बढी नेपालीले ज्यान गुमाए, दसौं हजार घाइते भए, लाखौं घरबारविहीन भए, ६ हजार बढी विद्यालय भत्किएर त्रिपालमुनि अध्ययन अध्यापन भइरहेको छ । तर यस्तो विषम परिस्थतिमा पनि सुशील कोइराला सरकारका केही मन्त्रीहरु कति पनि संवेदनशील नभएको शिक्षामन्त्री चित्रलेखा यादवको ब्यवहारबाट देखिएको छ । मन्त्री यादव जेठ १८ गते सरोकार नै नभएको कार्यक्रममा भाग लिन पति श्रीकृष्ण यादव र छोराछोरी लिएर डेनमार्क गएर जेठ २४ गतेमात्र फर्किएकी छिन् । भूकम्प गएपछि मात्र उनी तीन देशको सयर गरिसकेकी छिन् । भूकम्प आएपछि विदेश भ्रमणमा नजान प्रधानमन्त्री कोइरालाले दिएको निर्देशन पनि उनकै पार्टीबाट शिक्षामन्त्री भएकी यादवले अवज्ञा गरेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:


0 comments

Write Down Your Responses

Powered by Blogger.