घरमा बोलाएर मन्त्रीले नै गरे युवतीको बलात्कार, समाचार लेखेपछि पत्रकारको हत्या
स्वतन्त्र पत्रकार जगेन्द्र सिंहलाई आफूले गरेको गलत कार्यको समाचार लेखी बाहिर ल्याउने प्रयास गरेको भन्दै भारतको उत्तरप्रदेशका राज्यमन्त्री राममूर्ति वर्मा र उनका भतीजाले जलाएर हत्या गरिदिएका छन् ।
केही दिन अगाडि मन्त्री वर्मा र उनका भतीजाले मिलेर एक युवतीलाई घरमा बोलाएर सामुहिक बलात्कार गरेका थिए । त्यो घटनाको सूचना पाएर पत्रकार जगेन्द्रले समाचार लेखेका थिए । जगेन्द्रले निरन्तर समाचार लेख्न थालेपछि मन्त्री पद धरापमा पर्ने डरले वर्माले प्रहरीलाई निर्देशन दिएर आगो लगाएर हत्या गरेको जगेन्द्रकी श्रीमती सूजनले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।
तर प्रहरीले भने जगेन्द्रले आफै शरीरमा आगो लगाएको दाबी गरेको छ । जगेन्द्रकी श्रीमतीले बताएका अनुसार कोतवाली प्रहरी चौकीका इन्स्पेक्टर श्रीप्रकाश राय मन्त्रीको निर्देशनमा फोर्स लिएर उनको घरमा घुसेर बोतल बोकेर ल्याएको पेट्रोललाई जगेन्द्रको शरीरमा फालेर आगो लगाएका थिए ।
त्यसपछि शरीरमा आगो लागेको उनको मृत्यु भएको थियो । घटनापछि जगेन्द्रकी श्रीमतीले प्रहरी हेडक्वाटरमा मन्त्री, मन्त्रीका भतीजा र इन्सपेक्टरविरुद्ध उजुरी हालेकी छिन् । यो घटनामा राज्यका माथिल्लो निकायले निकै सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छन् । छिट्टै सत्य तथ्य पत्ता लाग्ने भारतीय सञ्चारमाध्यले समाचारमा उल्लेख गरेका छन् ।
यता पीडित परिवारले भने हत्यारालाई कडा कारवाहीको माग गरेका छन् । यो सत्य होकी भारतमा जुनसुकै ठूलो पदमा भएपनि छानविनमा दोषी ठहरिए सजायँ दिने प्रचलन छ । दोषी ठहरिए मन्त्रीलाई आजीवन कारावासको सजायँ हुन सक्छ । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses