हिन्दूवादी भन्छन्, ‘क्रिश्चियन पक्षधर राजदूत फिर्ता पठाउ’
देशभरबाट संविधानको सुझाव संकलन गर्दा हिन्दूराष्ट्रको पक्षमा व्यापक सुझाव आएकाले केही राजनीतिक दल र तिनका कार्यकर्ता तथा नेतालाई जनताको अभिमत कदर नगर्ने हो भने आफ्नो राजनीतिक भविष्यको खैरेत नरहने बोध भएको छ । धर्मनिरपेक्षता हटाउन पर्नेमा अधिकांश राजनीतिक नेता सहमतिमा पुग्न लागेका छन् ।
यसैबेला धर्मनिरपेक्षता गरी इसाइ धर्मलाई प्रसय दिने बाटो खोल्ने शर्तमा पश्चिमाबाट सेवासुविधा लिने गरेका केही नेपाली राजनीतिक नेता र युरोपेली राजदूतलाई निद्रा पर्न छाडेको छ । युरोपेली राजदुतले धर्मनिरपेक्षतालाई बन्ने संविधानमा सुनिश्चितता गर्न सभामुख सुवास नेम्वाङ, प्रधानमन्त्री सुशील कोइरालालगायत कृष्ण सिटौला, बाबुराम भट्टराई, कृष्णबहादुर महराजस्ता उच्चपदस्थ व्यक्ति एवम् नेतालाई भेटेर अनुरोध गरेका छन् । यसरी भेट गर्ने राजदुतमा नेपालका लागि बेलायती राजदूत एन्ड्यू जेम्स स्पार्क, जर्मनी राजदुत म्याथिअस अलफ्रेड मियर र नर्बेका राजदुत केल टी पिटर्सन छन् ।
यो चलखेलको जानकारी पाएपछि संयुक्त सनातन मोर्चाले अरु आक्रोशित भएको छ । मोर्चाका तर्फबाट केन्द्रीय संयोजक डा. मीठाराम विश्वकर्माले सोमबार जारी गरेको विज्ञप्तिमा ‘धर्मनिरपेक्षता नेपाली जनताको चाहना नभएर विदेशीको चाहना तथा इसाइ धर्मलाई प्रसय दिन खेलिएको चाल भन्ने कुरा यो चलखेलले पुष्टि गरेको’ उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान नेपालको लागि बन्दैछ कि युरोपको लागि ? ९० प्रतिशतभन्दा बढी सुझाब हिन्दूराष्ट्रको पक्षमा आउँदा पनि धर्मनिरपेक्षताकै वकालत गर्ने राजनीतिक दलले भोलिका दिनमा कहाँको राजनीति गर्ने हो युरोपको कि नेपालको ? जनताको रायसुझावको कदर हुँदैन भने किन सुझाव संकलनको नाटक गरियो ? नेपाली जनताले उत्तर खोजिरहेका छन् ।’
यसै गरी मोर्चाले परराष्ट्रनीति विपरित भएका यस्ता वैदेशिक चलखेल र गैरराष्ट्रवादी, अलोकतान्त्रिक क्रियाकलापको घोर भ्रत्सना गर्दै नेपाली जनताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने राजदुतलाई अविलम्ब स्वदेश फिर्ता पठाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । साथै धार्मिक स्वतन्त्रता भनेर नेपाली जनतालाई झुक्याउन खोजिएको प्रति पनि मोर्चाको ध्यानाकर्षण भएको र धार्मिक स्वतन्त्रता पनि धोखा भएको विज्ञप्तिमा उल्लेख छ ।
सुझाव संकलन क्रममा नेपाली जनताले दिएको अभिमतको कदर गर्दै नेपाललाई सनातन हिन्दूराष्ट्रकै रूपमा कायम एवम् संस्थागत गर्न अनुरोध गरिएको छ । यस्तै, चितवनको नारायणगढ, पूर्वको इटहरी र रुपन्देहीको बुटवलमा संयुक्त सनातन मोर्चासहितका धार्मिक एवम् सामाजिक संघसंस्थाले हिन्दूराष्ट्रको माग गर्दै सञ्चालन गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत चिराक जुलुस र जनप्रदर्शनमा प्रहरी प्रशासनको निर्मम धरपकड, लाठिचार्ज र दमन गरी आन्दोलनकर्मीलाई गिरफ्तार गरेको छ ।
0 comments
Write Down Your Responses