सावधान ! एकपटक चुम्बन गर्दा सर्छन् ८ करोड जिवाणु
अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन् । माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए । वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए । त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो । त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो । यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो । साथै वैज्ञानिकहरुले ‘फ्रेन्च किस’ बाट सबैभन्दा धेरै जिवाणु सर्ने समेत बताएको टाइम अनलाइनले जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses