कता हराइन सद्भावनादूत मनिषा ?
बलिउडमा काम पाउन छाडेपपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् । व्यवसायी सम्राट दाहालसँग बिहे गरेकी उनको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन ।
पछिल्लो समय फुर्सदिलो जीवन बिताइरहेकी छिन् उनी । वैशाख १२ गतेको भूकम्पछि नायिका कोइरालालाई सरकारले सम्मानित पद दियो, प्रधानमन्त्री राहत कोषको सद्भावदूत बनाएर ।
तर राहत जुटाउन भन्दा आफनै व्यक्तिगत काममा व्यस्त हुन थालेपछि धेरैले उनको खोजी गर्न थालेका छन् । बलिउडकी चर्चित नायिका भएकोले मनिषाले कम्तिमा बलिउडबाट सहयोग जुटाउने धेरैको अपेक्षा थियो । बलिउडका सबैजसो हस्तीसँग उनको दोस्ती छ। तर मनिषाले बलिउडबाट सहयोग जुटाउन कुनै पहल गरिनन् ।
नेपाली नायिकाहरुको मन दुखाएर सरकारले मनिषालाई सद्भावदूत नियुक्त गरेको थियो । धेरै नेपाली कलाकारहरु भूकम्पको भोलिपल्टैदेखि गाउँ गाउँ पुगेर राहत बाँड्ने तथा घर बनाउने काममा खटिए । अझै पनि केही कलाकारहरु राहतमा खटिएका छन् । आफ्नै व्यक्तिगत खर्च गरेर धेरै कलाकारले सहयोग गरेका छन् । त्यसका बाबजुद पनि सरकारले नेपालमा घुम्न मात्र आउने मनिषालाई सद्भाव दूत बनाउने निर्णय गरेको थियो । जसको कलाकारहरुले खुलेरै विरोध गरेका छन् । दृष्टि साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses