भारतले कांग्रेस पार्टी चलाउन थालेको गगन थापाको दावी
काठमाडौं, २३ असोज,
रातारात निर्णय बदलेर सोझा सुशिल कोइरालाले पार्टीभित्रको तीब्र असन्तुष्टिका बीच प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएपछि कांग्रेसमा भुइचालो गएको छ । त्यससँगै कांग्रेस पार्टी कसले चलाउँछ भन्ने प्रश्न पनि उब्जिएको छ । यसैबीचमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टी भारतले चलाउने गरेको दावी गरेका छन् ।

युवाहरुका माझ लोकप्रियता हासिल गर्दै गएका नेता गगन थापाले पार्टी सभापति सुशिल कोइरालाले एकाएक प्रधानमन्त्रीका लागि फेरि उम्मेदवारी दिने निर्णय गरेसँगै क्रुद्ध बनेका छन् । उनले कोइरालाले फेरि प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णय पार्टी र देशकै लागि घातक हुने बताएका छन् ।

नेता थापाले आफ्नो पार्टीलाई भारतले चलाउन थालेको बताउँदै यसरी विदेशी शक्तिमा लम्पसार नपर्न आग्रह पनि गरेका छन् । उनले भारतको इशारामा पार्टी नेतृत्व चलेको आरोप अहिले आएर साँचो ठहर्ने गरी सभापति कोइरालाले प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन् ।

उनले सुशिल कोइरालाले प्रधानमन्त्री पदमा फेरि जित्ने संख्या पनि नभएको र प्रधानमन्त्री बन्ने एजेण्डा पनि नभएको दावी समेत गरेका छन् । आफ्नै पार्टीका बहुसंख्यक केन्द्रीय सदस्य उनको उम्मेदवारीको विरोधमा रहेको बताउँदै थापाले यसका बाबजुत पनि कोइरालाले यो निर्णय कसरी लिए भन्ने आश्चर्य पनि व्यक्त गरेका छन् । थापाले आफू अरुको इशारामा चल्ने पार्टीभित्र रहेको बल्ल थाहा भएको समेत बताएका छन् ।

थापाले मधेसका जायज माग सम्बोधन गर्नुपर्ने र ती मुद्दा राखेर एमालेलाई सरकारको नेतृत्व दिन पार्टीले सघाउनुपर्ने तर्क राख्दै आएका थिए ।


रातारात कोइराला बदलिए 

कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशिल कोइराला शुक्रबारसम्म प्रधानमन्त्री बन्ने कुनै सोेचमा थिएनन् । पार्टी भित्रका केही नेताले कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्ने कुरा उठाएका बेला त्यसको प्रतिवाद समेत कोइरालाले गर्ने गरेका थिए । उनले आफू राष्ट्रपति पनि नबन्ने र प्रधानमन्त्री पनि नबन्ने पार्टीको बैठकमा स्पष्ट राखेका थिए । शुक्रबार साँझसम्म यही अडानमा रहेका कोइराला शनिवार बिहान आइपुग्दा एकाएक बदलिएको कांग्रेसकै नेताहरु बताउँछन् । शनिवार बिहान पार्टीका पदाधिकारीहरुलाई बोलाएर कोइरालाले आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय सुनाएका थिए । उक्त बैठकमा महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्कालगायतका नेताले कोइरालालाई सम्झाउने अनेकौ प्रयास पनि गरेका थिए । दलहरुबीचको एकता कायम राख्नका लागि कांग्रेसले उम्मेदवारी दिन नहुने बताउँदै नेताहरुले कोइरालालाई यदि १६ बुँदे सहमति विपरित गए देश ठूलो दुर्घटनामा पर्ने चेतावनी पनि दिएका थिए । बैठकमा केही नेताहरु कोइरालाको त्यो चट्टानी अडान देखेर आक्रोशित भएका थिए भने केही नेताहरु सम्झाउँदा सम्झाउँदा नमानेपछि रोएका थिए । थर्काउने र रुने सबै गर्दा पनि कोइराला गल्दै गलेनन । कोइरालालाई मनाउने सबै प्रयासहरु असफल भए ।

युवा नेता थापा कोइरालाले केही दिन अघिसम्म सार्वजनिक रुपमै फेरि प्रधानमन्त्री नबन्ने घोषणा गरेको स्मरण गर्दै शनिवार एकाएक उम्मेदवारी दिने निर्णयप्रति आश्चर्य व्यक्त गर्छन । कांग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवार बन्न बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल बरु आकांक्षी थिए । तर, अन्तिममा त्यो सबै दृष्य उल्टियो ।

स्रोतका अनुसार कोइरालालाई भारतले भित्रभित्रै उचालेको छ । उनलाई सबै अस्त्र प्रयोग गरेर फेरि पनि प्रधानमन्त्रीमा जिताइदिने आश्वासन समेत दिइएको स्रोतको दावी छ । काेइरालालार्इ ठूलाे अार्थिक सहयाेग पनि अज्ञात शक्तिबाट भएकाे स्राेतले दावी गरेकाे छ ।



1 comments

Charchit youva neta Gagan lai kina thaha thiena aja samman nepali kangress bharatkai isarama chalne? yaha kangress matrai hoina,,,jati pani yo deshma janmieka neta ra party a...z sabai bharatkai isarama chalne hun...deshko swabhimaan bhandai kurlanchhan tara bharatkai chhatra chhayama hurkanchhan hurki sake pachhi ekle arkalai bharat ko isarama lampasaar paris bhanchhan...yo ta raajnitik charitranai ho...loktantrik bhanchhan vampanthi bhanchhan ...lukne thau ra taalim line thau ta bharatanai ho...kasaile china ma gaera raajniti sikera audainan...sharan lina bharatnai jane gareka hun,,,tesaile bharatko isarama chalnu nepali netaharuko dharma ho...ahile banek PM pani vina bharatka hoinan... talim kendra bharatnai ho...mahan neta bhanieka maaobadiharu pani bharatma nai hurke furkeka hun,,, sabailai thaha chha..jo bhumigat bhanineharu sabai bharatakai chhayama lukeka hun....nepalka janatalai jhukyauna bharat virodhi bhashama bhukchhan... tesaile haami bhanchaaun ...nepali congress ma pahilo tahaka abhibhawak bhanineharulai hataera sa samman vidai garera dosro tahaka bhanineharulai pani vandhanma raakhera tesro tahaka youvaharule paty netritwa na lida saman nepali congress nalayakima dubne pakka ho... tesaile janatako sujhav ani agraha chha youvaharule agadi badhnuhos...ma feri bhanchu,,,nava niyukta PM le jhain 65/66 varsh kurna vadhya na hunhos. baru 50 naghe pachhi varishtha bhaera sarva manya bhaera basne sthiti banaunuhos dhanyavad jay nepal

Write Down Your Responses

Powered by Blogger.