जन्मदेखि फाँसीसम्मः थाहा पाउनुस् चार्टर्ड अकाउन्टेन्ट याकूबको कहानी

नयाँ दिल्ली । सन् १९९३ बम ब्लास्टका दोषी याकूब मेमनलाई उनको जन्मदिनमा नै बिहिबार बिहान फाँसी दिइयो । फाँसीभन्दा पहिले याकूब बच्नका लागि हरसम्भव प्रयास गरे तर उनी बच्न सकेनन् । पेशागत रुपमा चार्टर्ड अकाउन्टेन्ट याकूब मेमनले मुम्बईको इलाकामा श्रृङ्खलाबद्ध हमला गरेर सैयौं मानिसहरुलाई मृत्युको मुखमा पुर्याएका थिए । याकूब मेमन भारतका मोस्ट वान्टेड डन टाइगर मेमेनका भाइ हुन् ।
याकूबको पूरा नाम याकूब अब्दुल रज्जाक मेमन हो जो इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट मास्टर्सको पढाइ गरिरहेका थिए । पछिल्लो वर्ष याकूब मेमनले एमए द्वितीय वषको परीक्षा दिएका थिए ।
याकूबले सन् २०१३ मा इग्नूबाट अंग्रेजीमा स्नातकको डिग्री हाँसिल गरेका थिए । त्यसपछि याकूबले पोलिटिकल साइन्स पनि फेरी स्नातक गरिरहेका थिए ।
मुम्बईमा सन् १९९३ मार्च १२ मा भएको श्रृङ्खलाबद्ध बम बिस्फोट भएको थियो, जसमा २५७ मानिसहरुको मृत्यु भएको थियो । यो बम बिस्फोटमा कथित रुपमा दाउद इब्राहिम, टाइगर मेमन र उनका भाइ अयुब मेमेन मुख्य षड्यन्त्रकारी थिए र उनीहरुलाई मोस्ट वान्टेड अपराधी घोषित गरियो ।
सन् २००७ २७ जुलाईमा टाडा कोर्टले याकूबलाई आपराधिक षड्यन्त्रको दोषी ठहर्याउँदै मृत्युदण्डको सजायँ सुनाएको थियो । त्यसपछि उनले बम्बे हाइकोर्ट, सुप्रिम कोर्ट र राष्ट्रपतिसम्म अपिल गरे तर उनले केही राहत पाएनन् ।
मुम्बई हमलाको षड्यन्त्रमा त संलग्न भएको तर घटनामा आफ्नो संलग्नता नहरेको उनले कोर्ट सामू बताउँदै आएका थिए । यो विषयमा विशेष टाडा कोर्टले १० अन्य दोषीलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो तर सुप्रिम कोर्टले त्यसलाई जन्मकैदमा परिवर्तन गरिदियो ।
मुम्बई हमला हुनुभन्दा दुई दिन अघि याकूब आफ्नो परिवारसहित भारतबाट भागेको बताइएको छ । उनी पाकिस्तानको बाटो हुँदै दुबई पुगेको अनुमान थुप्रैले गरेका थिए । उनी १८ महिनासम्म दुबई र पाकिस्तानमा बसेका थिए । सन् १९९४ को अगस्ट ५मा याकूबलाई पक्राउ गरियो । यद्यपी, याकूबले २८ जुलाईमा नेपालमा आत्मसमर्पण गरेको दाबी गरेका थिए ।
३० जुलाईमा १९६२ मा जन्मिएका याकूब मेमन डी कम्पनीका सबैभन्दा ठूला हितैषी थिए । उनलाई मुम्बई हमलाका मुख्य योजनाकार पनि मानिन्छन् । याकूब बाल्यकालदेखि नै पढ्नमा निकै तेज थिए जो उनको परिवारमा सबैभन्दा पढे–लेखेका थिए ।
चार्टर्ड अकाउन्टेन्ट उनी आफ्नो दाइ टाइगर मेमेको गैर कानुनी धन्दाको हिसाब किताब राख्ने गर्दथे । याकूबकी श्रीमती राहिनका अनुसार आफूले छोरीको जन्माउने दिन नजिक आएका कारण आफूहरु हतारिँदै सन् १९९४ जुलाई १४ तारिखमा भारत आएको बताएकी छिन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.