फेसबुकले यसरी धकेलिरहेको छ वेश्यावृत्तितर्फ
एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जालहरुको प्रयोग सूचना संकलनका लागि जति फाइदाजनक छ त्यति नै यसको दुरुपयोग पनि भइरहेको छ ।
सेक्स तस्करीसँग जोडिएका समूहहरुले फेसबुक र यस्तै सामाजिक सञ्जाल प्रयोग गर्ने महिलाहरुलाई जबरजस्त रुपमा वेश्यावृत्तिमा धकेलिरहेका छन् । यो जानकारी बुधबार युरोपियन पोलिसिङ एजेन्सी ‘युरोपोल’ का मुखियाले दिएका हुन् ।
राव वेनराईटले बताएका छन् कि यस्ता सेक्स तस्करहरुले बच्चालाई ध्यान दिँदै र कर्मचारीका नक्कली विज्ञापन पोष्ट गर्छन् र च्याट मार्फत आफ्नो शिकार बनाउछन् ।
पहिले सेक्स तस्कलाई शिकार फसाउन आफै गएर जानकारी लिनुपर्दथ्यो तर अहिले टेक्नोलोजीका कारण मात्र एउटा बटम क्लिक गरेर ५० भन्दा बढी शिकार फसाइरहेका छन् ।
यसका बाबजुद यस्तो ‘कम खतरा र ज्यादा मुनाफा’ वाला काम गरेर अपराधीहरुले वर्षेनी १५० बिलियन डलरभन्दा बढी कमाइरहेका हुन्छन् ।
युरोपमा मात्र रोमानिया, बुल्गेरिया, हंगेरी, ब्रिटेन, जर्मनी, बेल्जियम र नेदरल्याण्डमा मात्रै ५ लाख शिकार भइसकेका छन् । यसलाई अन्त्य गर्नका लागि अर्को देशसँग सहकार्य गरेर प्रयास सुरु गर्नुपर्ने वेनराईटको सुझाव छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.