भारतले नाकाबन्दी गरे पनि हामीलाई केही फरक पर्दैनः प्रचण्ड
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले नाकाबन्दी गरे पनि हामीलाई केही फरक नपर्ने बताएका छन्। नेकपा एमालेले मंगलबार आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले यसबारे आज साँझ तीन दलको बैठक बसेर कुरा गर्ने बताएका छन्।
‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। नाकाबन्दी भए हाम्रो स्वाभिमान झुक्दैन। हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।’
नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै अन्तर्राष्ट्रिय गतिविधि हामीलाई स्वीकार्य र मान्य नहुने दाहालले बताए।
उनले भारतसँग आफूहरू लडाइ झगडा गर्ने पक्षमा नरहेको स्मरण गराए। तर हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी आफूहरू तयार रहेको दाबी गरे।
यस्तै आज भएको गच्छदारसँगको बार्ता सकारात्मक भएको भन्दै उनले चाडै उहाँहरू पनि सहमतिमा आउने बताए।
setopati
भिडियोको लागि तल क्लिक गर्नुहोस् :
0 comments
Write Down Your Responses