दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाईदिन्छौंः महतो
असोज ९, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दललेनेपालीको ठुला दुई चाड दसैं र तिहारमा समेत भारतबाट कुनैपनि दैनिक उपभोग्य बस्तु आयात गर्न नदिने चेतावनी दिएका छन् । साथै दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाईने समेत धम्की दिएका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दशैं वा तिहार जे सुकै आएपनि कुनै पनि सामान आयात हुन नदिन बताएका छन् । महतोले तराई–मधेसका जनताका लागि दसैं र तिहारभन्दा आफ्नो अधिकार ठूलो भएको बताए ।
शनिबारबाट महतोले मुख्य भन्सार नाका वीरगञ्जमा भइरहेको नाकाबन्दीको नेतृत्व आफूले लिँदै छन् । प्रमुख दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै खाने बताए । sajhasabal

भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.