राष्ट्रसंघ पनि भारतकै बाटोमा, यसरी घुमायो नेपाललाई
काठमाडौं । संयुक्त राष्ट्रसंघले पनि नेपालको संविधान लेखन प्रकृया सम्पन्न भएकोमा बधाई दिनुको साटो गोल मटोल शब्द प्रयोग गरेको छ ।
राष्ट्रसंघले मंगलबार जारी गरेको विज्ञप्तीमा नेपालमा संविधान जारी भएकोमा कतै पनि स्वागत गरिएको छैन । महासचिव वान की मुनद्धारा जारी विज्ञप्तीमा नेपालमा संविधान जारी भएको जानकारी प्राप्त भएको मात्र उल्लेख गरिएको छ ।
विज्ञप्तीमा तराई लगायतका विभिन्न स्थानमा भैरहेको आन्दोलनको शान्तिपुर्ण निकास खोज्न आग्रह गर्दै शान्तिपुर्ण आन्दोलन गर्न पाउने अधिकार हनन नगर्न आग्रह गरिएको छ ।
राष्ट्रसंघका विभिन्न मिसनहरुमा नेपालले महत्वपुर्ण योगदान दिएको छ । तर, मुनले नेपालको योगदानलाई नजरअन्दाज गर्दै विज्ञप्ती जारी गरेका छन् । उनले पनि भारतकै पथ अपनाएको आरोप नेपालका केही नेताहरुले लगाएका छन् ।
0 comments
Write Down Your Responses