रेस्लिङ हेर्नुहुन्छ ? जानिराख्नुस् यी ५ तथ्य !
व्यवसायिक रेस्लिङको महाकुम्भ मानिने WWE आफैंमा मनोरञ्जनको एउटा कम्प्लिट प्याकेज हो । यसमा रोमान्स, ट्र्याजेडी, तथा मनोरञ्जनको जबरदस्त कम्बिनेशन छ । रेस्लिङका फ्यानहरुका लागि यो एउटा निकै रोजाईको प्रतिस्पर्धा हो ।

तर, हेर्दै गर्दा यसबारे कैयन सवाल उब्जिछन्, जुन प्रायको मनमा गुम्सिरहेको हुन्छ । यो फाईट रियल हो कि स्क्रिप्टेड ? पहलमानहरु रियन हुन् ? फाईटका दौरान लाग्ने चोटबाट निस्किने रातो पदार्थ रगत नै हो ? यस्तै-यस्तै । धेरैले यसबारे सोचेपनि रियल जवाफ भने पाउन सकिरहेका हुँदैनन् । त्यसैली हामीले WWE च्याम्पियनसिपबारे ५ तथ्य जानकारी दिँदैछौं ।
यो फाईट रियल हो ?
होइन, यो स्क्रिप्टेड शो हो । यसमा सबैकुरा स्क्रिप्ट अनुसार नै हुन्छ । हार-जीत तथा पहलमानका हरेक मुभ्सहरु पूर्वनिर्धारित हुन्छन् । यो एउटा नाटकमात्रै हो भन्दा फरक नपर्ला, तर यहाँ रिटेकको मौका भने मिल्दैन । जे हुन्छ, सबैको सामने हुन्छ । मानौं थिएटरमा मञ्चन गरिएको नाटक । थिएटरमा मञ्चन हुने नाटकमा जस्तै यहाँ पनि रेस्लरलाई कुनै गल्ती गर्ने छुट छैन ।


हार्दा पनि धेरै पैसा ?

WWE को फाईट स्क्रिप्ट अनुसार नै हुने भएकाले यहाँ जित्नेले भन्दा हार्नेले बढि पैसा पाउन पनि सक्छ । किनकी रेस्लरहरुको भ्यल्यू पहिले नै तय हुन्छ । उनीहरुको मूल्य स्टार भ्याल्यू तथा रोलको हिसाबले तय हुन्छ । यस्तो अवस्थामा कहिलेकाहीँ जित्नेले भन्दा हार्नेले बढि पैसा पनि पाउन सक्छन् ।

रेस्लरहरु असली हुन् ?
यसमा हिंस्सा लिने रेस्लरहरुबारे पनि आममानिसमा जिज्ञासा हुने गरेको छ । उनीहरु जस्तो देखिन्छन्, त्यो असली हो ? हो, उनीहरुको बडी जस्तो देखिन्छ त्यस्तै नै छ । तर, रेस्लरहरुले आफ्नो बडी र स्टामिना बढाउनका लागि स्टेरोयड्स तथा ड्रग्स लिन्छन् भन्ने आरोप लाग्ने गरेको छ । यद्यपी यसलाई रोक्नका लागि WWE को विशेष पोलिसी छ । अझै पनि यस्ता आरोप लाग्न छोडेका छैनन् ।

साँच्चै घाइते हुन्छन्, देखिने रगत असली हो ?
WWE फाईट स्क्रिप्टेड भएपनि यहाँ हुने इन्जुरी र देखिने रगतहरु प्राय असली नै हुन्छन् । कतिपयलाई गम्भीर चोट लागेको तथा कोही अंगभंग भएको उदाहरणसमेत पाईन्छ । त्यसैले शरीरबाट निस्किने रगत प्राय असली नै हुन्छ । तर, मुखबाट थुक्ने रगत भने रियल होइन । यसका लागि ब्लड क्याप्सुलको प्रयोग गरिन्छ ।
 को हुन् यसका मालिक ?
WWE इभेन्ट्समा प्राय विंस म्याकहोमलाई मालिकको रुपमा देखाईन्छ । तर, WWE पब्लिक लिमिटेड हो । म्याकहोम यसका सीईओ हुन् । यसमा उनको ५२ प्रतिशत शेयर छ ।



भिडियोको लागि तल क्लिक गर्नुहोस् :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.