थरुहटको आन्दोलन अराजक बन्दै
थारुवान संर्घष समिति र रानाथारु संर्घष समितिको आन्दोलन अराजक बन्दै जान थालेको छ । भदौ ७ गते टीकापुरमा घटेको घटना अघि र त्यसपछिका केहि दिन आन्दोलरत पक्ष शान्त जस्तै देखिएपनि तिन दिन यता थरुहट पक्षधरले आफ्नो आन्दोलन अराजक बनाउदै लैजान थालेका हुन ।भदौ ३ गते देशमा नयाँ संबिधान लागु भएको एक दिन नबित्दै थरुहट पक्षधरले जिल्लाका केहि स्थानमा रहेका गाविस र प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका छन । थरुहट आन्दोलनकारीले आज बिहान मात्रै बलिया गाविसमा आगजनी र तोडफोड गरेका छन । आगजनीका कारण गाविसका सम्पुर्ण कागजात नष्ट भएको गाविसको कार्यालयले जनाएको छ । गाविसको माथिल्लो तल्लामामा बढी क्षति भएको छ । प्रहरी र स्थानियबासीको प्रयासमा आगो नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ । हिजो मात्रै सो ठाउमा थारु र पहाडी समुदायले मिलेर नयाँ संबिधानको भव्य स्वागत गरेका थिए । यस अघि थरुहटका कार्यकर्ताहरुले छोट्की प्रहरी चौकीमा आक्रमण गरेपछि प्रहरी चौकी त्यहाँबाट अन्यन्त्र सारिएको छ । नयाँ संबिधानमा थारुहरुका हक अधिकार नसमेटिएको र संघिय संरचनामा कैलाली र कंचनपुरलाई सुपका पहाडी जिल्लाबाट टुक्राएर कंचनपुर देखी चितवन सम्मको एक प्रदेश निर्माण गरिनुपर्ने उनिहरुको माग रहेको छ । आन्दोलरत पक्षले टीकापुर घटना पछि प्रहरीले नियन्त्रणमा लिएका आफ्ना नेता कार्यकर्ताहरुलाई रिहा गर्न पनि माग गरिरहेको छ । प्रहरी थारु नेता लक्ष्मण चौधरी र लाहुराम चौधरी सहित २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २२ र फरार रहेका ३६ गरि ५८ जना बिरुद्ध अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गराएको छ । संबिधान जारी भएकै दिन देखि आफ्नो आन्दोलनलाई कडा बनाउने नाममा हिसांत्मक बनाउन थालेका आन्दोलनकारीहरुले जिल्लाका बिभिन्न स्थानमा दिनैपिच्छे संबिधान जलाउने, प्रधानमन्त्री सुशील कोईराला सहित बिभिन्न दलका शिर्ष नेताहरु कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भिम रावल, एमाओवादी नेता लेखराज भट्टको पुत्ला दहन गरिरहेका छन । आफ्नो आक्रमणको केन्द्र गाविस र प्रहरी चौकी बनाउन थालेका थरुहट आन्दोलनकारीले नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै असोज १२ गते देखी २० गते सम्म धनगढी सहित जिल्लाका बिभिन्न स्थानमा बिरोध सभा आयोजना गर्ने जनाएका छन । उनिहरुले बिरोध सभामा लाखौ थारुहरु उर्ताने चेतावनी दिईरहेका छन ।
नृप रावल
स्रोत/ हम्रोसन्देश
भिडियोको लागि तल क्लिक गर्नुहोस् :
0 comments
Write Down Your Responses