भारतले फेरि राख्यो शर्त, ‘संविधान संशोधन भएमात्र अवरोध हट्छ ’
काठमाडौं, आसोज २१। भारतले नेपालको संविधानमा संशोधन भए अहिले सीमामा जारी अवरोध  हट्ने बताएको छ ।

बिहिबार विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले पत्रकार सम्मेलन गर्दै भारतले नेपालमाथी कुनै पनि किसिमको नाकाबन्दी नलगाएको जिकिर गर्दै नेपालकै कारण सीमाक्षेत्रमा अवरोध भएको बताए ।

उनले पत्रकारसम्मेलनमा भने, ‘अहिले नेपाल-भारत सीमामा समस्या आएको छ , त्यो नेपालबाट भएको समस्या हो । ’ उनले नेपालमा जारी भएको संविधानमा मधेसी दलको समर्थन नभएको उल्लेख गर्दै भने , ‘जबसम्म राजनीतिक समाधान निस्कदैन तबसम्म उनीहरुले अवरोध गर्छन् । त्यो बेलासम्म सवारी नेपालमा जान सक्दैनन् । ’

पटक–पटक मधेसी दलको मागमा केन्द्रीत देखिएका उनले भने, ‘कुनै पनि देशमा जारी भएको संविधानमा सबै जनता सुखी हुनुपर्छ । जबकी त्यहा बहिष्कार भैरहेको छ ।  नेपालमा भएको समस्या राजनीतिक हो । कुनै एक क्षेत्रले आफुलाई बञ्चित गरिएको ठान्छ भने संशोधन हुनुपर्छ । संशोधन हुन्छ भने गतिरोध पनि अन्त्य हुन्छ । ’  
नाकामा अवरोध नेपाली पक्षबाटै भएको पटक–पटक दोहोर्याएका अकबरुद्दिनले सीमाक्षेत्रमा भएका आन्दोलन र धरपकडका कारण असुरक्षा भएको बताए । उनले पेट्रोलियन पदार्थको निर्यात हुन नसक्नुको कारण पनि सीमा क्षेत्रकै अवरोध भएको बताए । उनले भने, ‘सीमा अवरोधका कारण इण्डियन आयल नियमले  भौतक रुपमा पेट्रोलियन पदार्थ पठाउन सकेको छैन । ’

 सीएनएनका पत्रकारले आन्दोनल नभएको नाकामा पनि सवारी प्रवेश नगराएको तथा सुरक्षा चाहिएको खण्डमा नेपालले दिने बताउदा उनले घुमाउरो उत्तर दिए । उनले आन्दोलन भएको नाकाको विषयमा केहि पनि बोलेनन् ।

अकबरुद्दिनले नेपालमा भारतबिरोधी गतिबिधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । अकबरुद्दिनले भने, ‘नेपालमा भारतबिरोधी गतिविधि बढ्दै गएकोमा हामी गम्भिर छौ । त्यसको पहिचान गर्नुपर्छ । यसमा को जिम्मेवार छ सोच्नुपर्छ । किन भारत विरोधी गतिविधि भैरहेको छ । ’

 उनले भारतले मधेसीको पक्षमा बोल्दा भारतविरोध गतिबिधि बढेको संकेत समेत गरे । ‘बोर्डरमा भैरहेको आन्दोलनले गर्दा यस्तो भएको हो । संविधान निर्माण प्रक्रिया निस्पक्ष भएन भनेर केहि क्षेत्रबाट आवज उठेको छ । उनीहले संविधानलाई मानेका छैनन् । ’

उनले भने, ‘अहिले यसको जिम्मेवार भनेर भारतलाई आरोप लगाइरहेको छ । तर यस्तो होइन । नेपाल र भारत राम्रो छिमेकी हुन् । हामीले कहिल्यै हस्तक्षेप गरेका छैनौ । सुझाव मात्र दिएका हौ । ’

 उनले भारतले चीनबाट सामान ल्याउने तयारी बारे नेपालले जहाँबाट पनि समान ल्याउन सक्ने बताए । तर, नेपाल र भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई कुनै पनि देशले विस्थापित गर्न नसक्ने बताए ।  


0 comments

Write Down Your Responses

Powered by Blogger.