ओडारमा लुकेर बसेका ‘मोस्ट वान्डेट’ पक्राउ
ताप्लेजुङ, ५ कार्तिक ।
प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका हाराहाङ लिम्बू भनिने देउकुमार लावुङको समुहका एकजनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खेजेनिम गाविसका हर्क लिम्बू रहेका छन् । उनलाई सान्थाक्रा गाविसको जंगलको ओढारमा लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाका अनुसार पक्राउ परेका हर्क गत शुक्रवार प्रहरीले हाराहाङको आश्रयस्थलमा गरेको कारवाहीका क्रममा घाइते भई फरार रहेका व्यक्ति हुन् ।
यसअघि गएको शुक्रवारको प्रहरी कारवाहीमा सान्थाक्रा गाविसकी ३३ बर्षिया मनकुमारी चोङवाङलाई ठूलो परिमाणको हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले हतियारधारीहरुको समुह बनाई पूर्वी नेपालका बिभिन्न जिल्लामा सशस्त्र गतिविधी गर्दै आएका हाराहाङ भनिने देउकुमार लाबुङ नेतृत्वको टोलीलाई अपराधिक भन्दै सो समुहबिरुद्ध सक्रिय प्रहरी कारवाही तीव्र बनाएको छ । – नागरिकन्यूजबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.