रिस पोख्न संगीताको शवसँग पालैपालो यौनसम्बन्ध
कानपुरको नवाबगञ्जस्थित बनियापुरवामा एक साताअघि लुटपाटको विरोध गरेको भन्दै स्थानीय दुई बदमाशहरूले विवाहित ३८ वर्षीया महिलाको हत्या गरेर बलात्कार गरेका हुन् ।
उनीहरूले महिलालाई बदला लिन हत्या गरेका थिए । हत्या गरेपछि पनि रिस नमरेपछि उनीहरूले संगीतालाई पालैपालो यौनसम्बन्ध राखेको प्रहरी भनाइ छ ।
३८ वर्षीया महिला संगीतालाई पहिला बदमाशहरूले गोली हानेर हत्या गरेका थिए । त्यसपछि संगीतालाई पालैपालो बलात्कार गरेको नवाबगञ्ज पुलिस थानाले जनाएको छ ।
हत्यापछि बलात्कार भएको खबर प्रहरीले शनिबार मात्रै थाहा पाएको थियो । त्यसपछि नवाबगञ्ज पुलिस र क्राइम ब्राञ्च टीमले दुबै आरोपी युवकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सोधपुछका क्रममा ती दुबै अभियुक्तले संगीतालाई गोली हानेर हत्या गरेपछि पालैपालो बलत्कार गरेको स्वीकार गरेका छन् ।
अनुसन्धानपछि स्थानीय पुलिसले दुबैलाई कोर्टमा पेश गरेको छ । कोर्टले अनुसन्धानका लागि हिरासतमा पठाइ दिएको छ ।
एसपी पश्चिम राजेश एसले पत्रकार सम्मेलन गरेर बनियापुरवा ख्योरापट्टी निवासी सत्य नारायण श्रीवास्तवकी पत्नी संगीतालाई अघिल्लो आइतबार घरमा हत्या गरेको जनाएका छन् । त्यस बेला संगीता घरमा एक्लै थिइन् ।




0 comments
Write Down Your Responses