जनमुक्ति सेनाका कमाण्डर पासाङ उपराष्ट्रपति !
शनिबार, कार्तिक ७,
जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुनः पासाङ उपराष्ट्रपति बन्ने भएका छन । सत्तारुढ गठबन्धनबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति एकीकृत नेकपा माओवादीलाई दिने सहमतिपछि पासाङ उपराष्ट्रपति बन्ने भएका हुन ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट तर कुनै पनि अवसर नपाएका पासाङलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी प्रचण्डले गरेको स्रोतले बताएको छ ।

राष्ट्रपतिमा महिला ‘विद्या भण्डारी’ बन्ने अवस्थामा उपराष्ट्रपतिमा पासाङलाई अघि सार्ने तयारी रहेको छ । पासाङले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन । पासाङलाई राष्ट्रवादी नेताको रुपमा धेरैले चिन्छन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.