सुनौली नाका ठप्प पार्न भारतको बाटो हुँदै आइपुगे राजेन्द्र महतो
रुपन्देही, असोज २० । तराई मधेस आन्दोलनमा केही सहज भन्दै गएको भैरहवा भन्सार नाकालाई ठप्प पार्ने ध्ययेले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बेलहिया सुनौली नाकातर्फ हानिएका छन् ।

विरगञ्ज नाका ठप्प पारेका महतो आज भारतीय बाटो हुदैं सीमावर्ति भारतीय बजार सुनौली आइपुगेको बुझिएको छ । महतो अहिले कहाँ छन भनेर अहिले ठयाक्कै नभएता पनि उनको पार्टी स्रोतले उनी नेपा तर्फ भएको बताएको छ भने स्थानीय प्रशासनले भारतमा रहेको बताएको छ ।

सद्भावना पार्टीका उपाध्यक्ष ओमप्रकाश यादव गुलजारीले भने, “अध्यक्ष महतो आउनु भएको छ । अब उहाँकै नेतृत्वमा भैरहवा नाकामा आन्दोलन चर्किन्छ ।” अध्यक्ष महतो बेलहिया सुनौलीमा आएसँगै स्थानीय प्रशासनलाई पनि टाउको दुखाई भएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले भने “मैले पनि आएको भन्ने सुनेको छु । उनी नेपालतर्फ छैनन सायद सीमापारी होलान् ।” एसपी गरुङले भने, “मंगलबार भारतीय प्रहरीले पनि सीमामा शान्ति कायम गर्न आवश्यक सहयोग गर्यो र त्यहि सहयोग जारी भयो भने जुन नेता आए पनि बेलहिया सुनौली दसगजामा कसैले प्रदर्शन गर्न पाउने छैन ।’
puleso/खबर


0 comments

Write Down Your Responses

Powered by Blogger.