हिन्दुस्तान टाइम्सको हेडलाइन- चीन मधेश पस्यो
२१ असोज, काठमाडौं ।

भारतले नाकाबन्दी जारी गरिरहेको समयमा चीनले नेपालमा प्रभाव बढाइरहेको र नेपाल चीनतिर ढल्किएको विश्लेषण भारतीय मिडियामा निरन्तर भैरहेको छ ।


यसैबीच भारतीय चर्चित अखबार हिन्दुस्तान टाइम्सले नेपालका मधेशी नेताहरुलाई राजनीतिक स्थायित्वयमा सघाउन आग्रह गर्दै आफू मधेश विरोधी नभएको सन्देश दिएको दावीसहितको हेडलाइन समाचार प्रकाशित गरेको छ ।


चिनियाँ पक्षले आन्दोलनरत मधेशी नेताहरुलाई भारतपरस्त देखाउन चिनियाँ झण्डा जलाउन आवश्यक नरहेको र चीन आवश्यक सहयोग गर्न तयार रहेको जानकारी समेत दिएको दावी नेपाली पत्रकार प्रशान्त झाको बाइलाइन रिपोर्टमा गरिएको छ ।


चीनले मधेशी नेताहरुलाई चीन मधेश विरोधी नरहेको र मधेश पनि चीन विरोधी होला भन्ने आफूलाई नलागेको कुरा बुझाएको दावी प्रशान्त झा ले गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.