एमाले अध्यक्ष ओलीले धरहरा चढेर ७१ विदाईको गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा उक्लिएर ७१ को बिदाई गर्ने भएका छन् ।
त्यसको लागि उनी सोमबार अपरान्ह धरहरा चढ्न लागेको एमालेले जानकारी दिएको छ ।
‘अध्यक्ष ओली सोमबार दिउँसो ४ बजे उहाँ धरहरा चढ्ने कार्यक्रम छ’ पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेपालपाटी डटकमसँगको कुराकानीमा भने ‘यो सालको विदाई उहाँले धरहरा चढेर गर्नुहुनेछ ।’
केही दिनयता अस्वस्थ भएर सार्वजनिक कार्यक्रममा कम निस्किएका ओली धरहरा चढ्न लागेका हुन् । अस्वस्थ भएपनि राजनीतिक भेटवार्तालाई भने उनले जारी राखेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses