नेता नेपालले भने- ‘भारतको सहयोगमा कति दिन आन्दोलन गर्छाै ?
रौतटह १४ असोज । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपालले घोषित वा अघोषित रुपमा नेपाल माथि नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा बिहिबार आयोजिता जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता नेपालले नेपाली जनता अब सरकारको नभई भारतको बिरुद्धमा उत्रन थालेकाले नाकाबन्दी खोलेर नेपाली जनताको मन जित्न भारतलाई आग्रह गरेका छन् ।
मधेसबाट नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीले २५ लाख मत पाएको र पाँच हजार मत पाएका मधेसी दलको ईसारामा भारतले नाकाबन्दी गरेर बहुमतको खिल्ली उडाएको आरोप लगाए । नेपाल भारत सीमामा बसेर आन्दोलन गर्नेलाई आफ्नो देशमा खाना खुवाउनेले नाकाबन्दी गरेको छैन् भन्नु आफैमा हाँस्यस्पद कुरा भएको बताउदै नेता नेपालले उपेन्द्र, महन्थ र राजेन्द्रको उक्साहटमा आन्दोलन गर्नुभन्दा जारी सविधानमा आफ्नो अधिकार उल्लेख छ की छैन भनेर सविधानको पाना पल्टाउन समेत आग्रह गरेका छन् ।
मधेसी दलका नेताले कागले कान लग्यो भने भन्दैमा कागको पछि लाग्नु लाग्नु भन्दा कान छाम्न आग्रह गर्दे उनले संविधान पढन समेत सबै मधेसीलाई आग्रह गरे । नेपालमा संसारको सबै भन्दा उत्कृष्ठ संविधान बनेको बताउदै नेता नेपालले मधेसी दलले तीन ठुला दलले सबै मधेसीलाई अंगिकृत बनायो भन्ने हल्ला चलाएर आन्दोलनको नाममा एमाले, कांग्रेसका पार्टी कार्यालयहरुमा आगजनी, तोडफोड गर्नुका साथै ति दलका स्थानीय नेताको घरमा समेत आगजनी गर्ने क्रम नरोके आफूहरु समेत प्रतिकारमा उत्रने चेतावनी दिए ।
पहिलो संविधानसभाको निर्वाचनमा ८४ वटा सिट ल्याएका मधेसी दलले पछिल्लो संविधानसभाको निर्बाचनमा १२ सिट मात्र पाएपछि बिभिन्न बखेडा झिकेर आन्दोलन गरेको बताउदै नेपालले अहिलेको आन्दोलन रिसाएको बिरालोले रुखको बोक्रा चिथोर्नु जस्तै भएको जिकिर गरे ।
स्थानीय बज्जिका भाषमा भाषण गरेका नेपालले चित्त नबुझेका कुरा अझै पनि राख्न सकिने ठाउ भएकाले बार्ताको माध्यमबाट समस्या समाधान हुने बताउदै आन्दोलनरत पक्षलाई बर्तामा आउन आग्रह गरे । कार्यक्रम एमाले केन्द्रिय सदस्य कल्याणी खड्का, डाक्टर बंशिधर मिश्र, सभासद रामकुमार भट्टराई, लालबाबु यादव लगायतका बक्ताले यो संविधानमा सबैको भावना समेटिएको बताएका थिए ।
dainiknepal
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses